gulminews logo
आईतवार, २०८१ बैशाख २३

गुल्मी र पाल्पाका शिक्षकहरुका लागि १० दिने टिपिडी तालिम पाल्पामा सम्पन्न

कौरव खत्री
गुल्मी, २४ पौष । शिक्षा तालिम केन्द्र रुपन्देही, लुम्विनी प्रदेशको आयोजनामा टिपिडी ढाँचामा आधारित एकीकृत पाठ्यक्रम सम्वन्धि तालिम शिक्षा तालिम केन्द्र पाल्पामा सम्पन्न भएको छ ।

विहिबार तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले तालिमको प्रभाव कक्षाकोठामा पर्नु पर्ने भन्दै शिक्षकले आफ्नो ठाँउबाट सुधार गर्न लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

शिक्षा तालिम केन्द्र रुपन्देही शाखा कार्यालय पाल्पाका प्रशिक्षक गोपाल प्रसाद बस्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गदै टिपिडि ढाँचामा आधारित एकीकृत पाठ्यक्रममा आधारित तालिमको प्रभावकारिता बारेमा प्रकाश पार्नु भएको थियो ।

समापन समारोहमा टिपिडी तालिममा सहभागीको तर्फबाट कृष्ण पंगेनी र हुमा ज्ञवालीले टिपिडि ढाँचामा आधारित एकीकृत पाठ्यक्रम सम्वन्धित शिक्षक तालिम समग्र रुपमा समय सान्र्दभिक रहेकोले शिक्षकहरुको लागि तालिम फलदायी र निकै प्रभावकारी रहेको बताउनु भएको थियो ।

साथै गत पौष १४ देखि शुरु भएको तालिम विहिबारसम्म सञ्चालन भएको थियो । १० दिनसम्म सञ्चालन भएको टिपिडी तालिममा गुल्मीबाट १७ जना र पाल्पाबाट १० गरि जम्मा २७ जना शिक्षक÷शिक्षिकको २७ जना प्राथमिक तहमा अध्यापन गराउने शिक्षक तथा शिक्षिकाहरुको तालिममा सहभागिता रहेको छ ।

तालिममा आधारभूत तह कक्षा (१–३)को पाठ्यक्रम शिक्षकको पेसागत विकास (टिपिडी) ढाँचामा आधारित एकीकृत पाठ्यक्रम अन्तर्गत मेरो नेपाली, मेरो गणित, हाम्रो सेरोफेरो र मेरो अंग्रेजी विषयमा प्रशिक्षक गोपाल प्रसाद बस्याल, प्रशिक्षक मनोज सिर्मलले तालिमको सहजीकरण गर्नु भएको थियो ।तालिमको समापन समारोहको सञ्चालन भने तालिम केन्द्रका लेखापाल सुरेशमान बुद्धचार्यले गर्नु भएको थियो ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D