अनिल खत्री
९ चैत, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा यहि चैतको १६ देखि २५ गते सम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । महोत्सवलाई आर्कषक तथा प्रभावकारी बनाउनको लागी सहोत्सवसँग गठित उपसमितिहरुले बिभिन्न गतिबिधीहरुले बढाउन थालेका छन् ।
कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै तेस्रो गुल्मी महोत्सव हुँदैछ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा हुने महोत्सवको ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका तय गरिएको छ ।
दश दिन सम्म सदरमुकाम तम्घासमा चल्ने महोत्सवमा बिभिन्न रमाइलो मय साँस्कृतिक प्रस्तुतिहरुसँगै ५ दर्जन वढी कलाकारहरु महोत्सवमा आउने भएका छन् । महोत्सवमा राष्ट्रिय स्तरमा बिभिन्न बिधामा चर्चाको शिखरमा रहेका कलाकारहरुसँगै गुल्मी जिल्लाबाट पनि राष्ट्रिय स्तर र स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवको साँस्कृतिक कार्यक्रम संयोजक अनुपकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा हुँने साँस्कृतिक कार्यक्रममा बम बहादुर कार्की, बद्री पंगेनी, चन्द्र शर्मा, राजेश पायल राई, हेमन्त शर्मा, सुगम पोखरेल, श्री थापा, आस्था राउत, देबी धर्ति, कमल खत्री, खुमन अधिकारी, कृष्ण रेउले, कुलेन्द्र बिक, प्रिति आले, राजु ढकाल,मञ्जु पौडेल रहेका छन् ।
त्यस्तै बावुराम पन्थी, रामजी खाँड, सम्झना लामिछाने, सरिता कार्की, बैकुण्ठ महत, शोभा त्रिपाठी, शान्तीश्री परियार, लक्ष्मण खड्का, ओम ज्ञवाली, रामचन्द्र चन्द, शिलु भट्टराई, सन्तु थापा, बन्दना पाण्डे, कल्पना कुसुम, नारायण बिपि परियार, रितु थापा, शुसिला गौतम, रुपा जिएम, तुलसिंह रनपछाई, शान्ता परियार, गणेश अधिकारी, हरि खत्री, कमल कार्की, पवन परियार, शिब खनाल, सिता राना, सुनिल थापा, उज्जवल गिरी वालकलाकार आयुश केसी लगायत रहेका छन् । कार्यक्रममा साँस्कृतिक कार्यक्रम बाहेक केहि हास्य व्यङ्ग्य प्रस्तुतिहरु राखिने संयोजक श्रेष्ठले बताए । संयोजक श्रेष्ठका अनुसार अरु थप गुल्मेली कलाकारहरु राखिएका बताए ।
महोत्सवमा थप आकर्षक बनाउनको लागी हेलिकप्टरको व्यवस्था हुने भएको छ । हेलिकप्टर द्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने पुर्व अध्यक्ष श्रेष्ठले बताए ।
महोत्सवमा लोक दोहोरी क्षेत्रलाई संरक्षण तथा उजागर गर्ने मुख्य उदेश्यले ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता राखिने भएको साँस्कृतिक कार्यक्रम संयोजक अनुकुमार श्रेष्ठले जानकारी दिए । महोत्सवमा रम्बा चाउचाउको तर्फबाट जिल्लाका १२ वटमा स्थानिय तह स्तरिय लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको श्रेष्ठले बताए । महोत्सवमा २ सय स्टल रहने भएका छन् ।
महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन भएको वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । महोत्सवलाई तम्घास स्थित चिदीचौर खेल मैदान र महेन्द्र माबिको खेल मैदान प्रयोग हुँने भएको छ ।
चिदीचौर खेल मैदानमा जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ । त्यस्तै महेन्द्र माबिको खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरु राखिने भएको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि, घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।
वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँने भएको छ ।