गुल्मी जिल्ला समाज युकेद्धारा बौद्धिक अपाङ्गता अभिभावक संघलाई सहयोग

सन्तोष महतारा
गुल्मी,११ फागुन । गुल्मी जिल्ला समाज युकेले बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई सहयोग गरेको छ । संस्थाले प्रत्येक वर्ष विश्व अपाङ्ग दिवसको दिन संकलन गर्ने रकम यसवर्ष बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई सहयोग गरेको गुल्मी जिल्ला समाज युकेका उपाध्यक्ष राम प्रसाद सापकोटाले बताए । “हामीले प्रत्येक वर्ष रकम संकलन गरी अपाङ्गता भएकाहरूको हितमा काम गर्ने संस्थालाई सहयोग गर्दै आएका छौं ।” उपाध्यक्ष सापकोटाले भने, “यस वर्ष हामीले बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाइ सहयोग गरेका हौं ।”

मङ्गगल गुल्मीमा एक कार्यक्रमका बिच सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ । गुल्मी जिल्ला समाज युकेको प्रतिनिधिको रूपमा हिरामणी सापकोटाले बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मी अध्यक्ष इश्वरी प्रसाद पौडेल र संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य रघुनाथ मरासिनीलाई हस्तान्तरण गरिएको हो । बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीले सहयोग गर्ने संस्थाप्रति आभार रहेको बताए ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य रघुनाथ मरासिनीले बिदेशी भुमिमा रहेर जन्मथलो सम्झिएर सहयोग गर्नेप्रति सम्मान ब्यक्त गरे । साथै संस्थाका अध्यक्ष इश्वरी प्रसाद पौडेलले सहयोगी मनलाई धन्यबाद दिदैं आगामी दिनमा सहयोगको अपेक्षा ब्यक्त गरेका छन् । कार्यक्रममको संचालन संस्थाका सचिव मेघलाल पाण्डेले गरेका थिए ।

चेक हस्तमान्तरण कार्यक्रममा गुल्मी जिल्ला समाज युकेको प्रतिनिधिको रूपमा रहेका हिरामणी सापकोटाले सबैले गुल्मी जिल्ला समाज युकेले जस्तै सहयोग गर्नुपर्ने बताए । गुल्मी जिल्ला समाज युकेले बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीलाई ५० हजार सहयोग गरेको हो । बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीको कार्यालय आफ्नै भवन रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घासमा रहेको छ ।

यो पनि पढ्नुस्

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

मृगौला पीडित शेरबहादुरको बिलौना, भन्छन्, मृगौलासंगै परदेशको कमाई सकियो, जीन्दगी भगवानको भरोसा्

टोपलाल अर्यालगुल्मी, ६ साउन । गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D