Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मी जिप दुर्घटना अप्डेट: जुन गाडीमा भविश्य देखियो, त्यसैले ७० दिनमै लियो ज्यान - Gulminews

गुल्मी जिप दुर्घटना अप्डेट: जुन गाडीमा भविश्य देखियो, त्यसैले ७० दिनमै लियो ज्यान

प्रेम सुनार
गुल्मी, माघ २० । सवारी साधनको सुविधा उपभोगसँगै उपभोग गर्ने मानिसको जीवन पलपल खतरामा छ र कति बेला के हुने हो भन्ने कुरा अनिश्चित छ । त्यही अनिश्चित जीवनको उदाहरण बने गुल्मी वामी तिम्लेचौर गाउँका ३० वर्षीय ठाकुर सापकोटा । श्रीमतीको हातले दिएको खाना खाएर हिँडेका उनको त्यही हातले दिएको खानानै अन्तिम खाना र जिन्दगीको यात्रा बन्न पुग्यो ।

यो पनि पढ्नुस्
फोटो फिचर: गुल्मीमा जिप दुर्घटनास्थलमा जे देखियो, हेर्नुस् ६ तस्बिरहरुमा

सानैदेखि गाउँमै केही गर्नुपर्छ भन्ने उद्देश्य बोक्दै आएका सापकोटाले कहिले कुखुरा पालन गरे, कहिले मिल चलाए तर पनि उनी सफल हुन सकेनन् र ६ महिना जति रोजगारीका लागि भारतमा भौतारिए । जापानमा रहेका दाजु कृष्णप्रसाद सापकोटासँग सल्लाह मागे । तत्काल भिसा पठाउने अवस्था नभएपछि उनी एउटा जिप किनेर गाउँमै केहि गर्छु भन्ने सल्लाह लिएर गाउँ फर्के ।

मृतक सापकोटा

दाजुकै सहयोगमा १३ लाखभन्दा बढी मूल्य तिरेर जिप किने । डाईभरसँग दिनहुँ कुद्न थाले । शुक्रबार बिहान सदाझै वामी मैदानमा राखेको जिप स्टार्ट गर्न आए । स्टाट गरिसकेपछि ९ बजेको समयमा घर फर्के । जीप खरिद गरेको शुक्रबार ७० दिन भएको थियो ।

श्रीमती माया सापकोटाले खान पस्केर श्रीमानलाई टक्राईन् । खान खाएलगतै हात हल्लाउँदै झरेर डाईभरलाई गाडी चलाउन लगाउँदै केहि यात्रु राखेर वामीटक्सार बजारतिर झरे । त्यसको पाँच मिनेट नहुँदै गाडी ब्रेक फेल भई करिव डेढ सय मिटर तल झर्यो ।

सापकोटा र यात्रु ५५ वर्षीया महिला पुतली ठकुरीको ऐया्… समेत भन्न नपाई ज्यान गयो । शव सदरमुकाम तम्घास ल्याइयो । बिहान १० बजेको समयमा भएको दुर्घटनामा दिउँसो चार बजेपछि मात्र जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र खड्काले मृत्युको पुष्टि गरेका थिए । अहिले साँझ अबेरसम्म पनि उनीहरुको शव पोष्मार्टम भएको छैन ।

वामीको पुरानो अन्त्येष्टिस्थल झेंदीमा सयौं मलामीहरु कुरेर बसेका छन् । मुसिकोट नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष तथा मृतकका छिमेकी नारायण सापकोटा भन्छन्, ‘मलामीहरु दिउँसोदेखि अहिले साँझसम्म घाटमै बसेका छन् तर जिल्ला अस्पतालले भोली उज्यालोमा पोष्ट मार्टम गरौंला भन्दै टारिरहेको छ ।’

वडाध्यक्ष सापकोटा भने, ‘गाउँमै केहि गरेर देखाउ भन्ने पौरखी युवाको गाडी किनेको ७० दिनमै ज्यान जाँदा स्तब्ध पारेको छ । उनका अनुसार मृतकका २ स–साना छोरीहरु रहेका छन् । जेठी ८ वर्षीया करिष्मा र ३ वर्षीया गायत्रीलाई बाबुको मृत्यु थाहा दिइएको छैन । बाबुआमा, श्रीमती माया अर्धचेत जस्तै बनेका छन् ।

उनका काका छोरा डोलाराज सापकोटा भन्छन्, ‘दाजु बिहानै उठेर पहिला गाडी स्टाट गर्न जानुभयो । त्यसपछि घर फर्केर भाउजुलाई खान पस्किन लगाई हिड्नु भएको हो । ७० दिन अघि किनेको गाडी क्षतिग्रस्त बनेको छ । त्यो भन्दा नि उहाँले आर्थिक रुपमा देखेको सपना अधुरै रह्यो ।’

त्यस दुर्घटनामा परेर वामी मैदान कै ५५ वर्षीया हरिकला कार्की र बाग्लुङ्ग तुमडाँडा घर भई वामीमा दिदी भेटन आएका १४ वर्षीय कमल कार्की घाईते भई पाल्पा रिफर गरिएको छ । उनीहरुको अवस्था बारे बुझ्दा उनिहरु दुबै जना खतरामुक्त रहेको आफन्तजनले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D