gulminews logo
आईतवार, २०८१ बैशाख १६

गुल्मी जान टिकट काटेका यात्रुलाई दोब्बर भाडा माग्दै थानकोटमै ओह्रालियाे

पश्चिमाञ्चलका अध्यक्षको डिलक्सको दादागिरी

काठमाडौं, चैत ०९ । काठमाडौंबाट गुल्मीका लागि टिकट काटेका यात्रुलाई कामना यातायातको डिलक्स बसले बिचबाटोमै ओह्रालेर अलपत्र पारेको छ । बिहीबारदेखि टिकट लिएर बसेका यात्रुसँग दोब्बर भाडा मागेको लु २ ख ४१३२ नम्बरको बसका स्टाफले थप रकम नदिएपछि थानकोटमै ओह्रालेको आजको अर्थ डट कमले समाचार छापेको छ ।

काठमाडौंमा कक्षा ११ र १२ मा पढ्ने गुल्मीको रेसुङ्गा नगरपालिकाका अभिषेक खनाल र सुमन मरासिनीले कामना यातायातको डिलक्स बसमा शनिबारका लागि बिहीबार नै टिकट लिएका थिए ।

कलंकीबाट चढेका अर्का यात्रुले भाडाभन्दा थप एक हजार धेरै रकम दिएपछि गाडी स्टाफले खनाल र मरासिनीलाई टिकट काटेको सिटमा बस्न दिएनन् । उनीहरुले आफूले टिकटमा उल्लेख भएको सिट पाउनुपर्ने माग गरेपछि गाडीस्टाफले सिटमा बस्न थप १ हजार तिर्नुपर्ने बताए ।

तर टिकट काट्दा नै पैसा तिरेकोले थप रकम नतिर्ने भनेपछि थानकोट पुगेर जबर्जस्ती ओरालेको मरासिनीकाे भनाइ छ । राती साढे ८ बजे थानकोटमा पुगेर अलपत्र पारेपछि उनीहरुले ट्राफिक प्रहरीसँग पनि गुनासो गरे ।

तर ट्राफिकले पनि वास्ता नगरेपछि उनीहरु ट्याक्सी खोजेर किर्तिपुर कोठामा फर्केको अभिषेकले बताए । सो डिलक्स बस पश्चिमाञ्चल यातायात व्यावसायी प्रालिका अध्यक्ष दधिराम खरेलको कम्पनीले सञ्चालन गरेको हो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D