Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मी घटना अप्डेट: पहिरोले पुरिएर ज्यान गुमाएका ११ जनाको शव भेटियो, एकै घरका ९ जना - Gulminews

गुल्मी घटना अप्डेट: पहिरोले पुरिएर ज्यान गुमाएका ११ जनाको शव भेटियो, एकै घरका ९ जना

गुल्मी, साउन ७ । गुल्मीमा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन् । गुल्मीको सत्यवती गाउँपालिकाकाको २ वटा वडामा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पुष्टि गरेको जनता टाईम्सले खबर छापेको छ ।

यो पनि पढ्नुस्: गुल्मीको सत्यवतीमा पहिरोले यसरी तहस नहस बनायो…….(फोटोहरु)

पहिरोले पुरिएर सत्यावती गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका नौं जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ६५ वर्षीय छल्ली बिक, २८ पम्फा १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक, सन्दीप बिक रहेका छन् । त्यस्तै सोही गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीया तिलकुमारी तरामु, नौं वर्षीय दर्शन तरामुको मृत्यु भएको हो । मृतकद्वय आमा छोरा हुन् ।

पहिरोले सोही वडामा रुद्र बिकको घर बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीय माया बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । अन्य दुई जनाको नाम खुल्न सकेको छैन । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवाती ४ का १० वर्षीय करिश्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएका छन् । गएरातिदेखि परेको अबिरल वर्षातले घरमाथिबाट पहिरो जाँदा घरमा सुतिरहेका सवैको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार अहिले प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रायमाझी सहितको टोली घटना स्थल पुगेर उद्धार कार्य सुरु गरेको छ । थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । ठूलो पहरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने प्रहरीको आशंका छ । पहिरोले दुई ओटा ओडाको ११ जनाको ज्यान लिएपछि सो गाउँ शोकमा डुबेको छ । -जनता टाइम्सबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D