गुल्मी, मंसिर ०५ । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण बिष्टले आफ्नो सुरुवाती अग्रता कायमै राखेका छन् ।
प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा इस्मा गाउँपालिका वडा नम्बर १, २ र ३ को मत गन्दा सम्म कुल गनिएको मत ४ हजार ६६३ मध्य एमालेका बिष्टले २ हजार ५४७ मत पाएका छन् ।
नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले १ हजार ७३१ मतसहित उनलाई पछ्याइरहेकी छन् । पछील्लो मतगणना अनुसार झाँक्री भन्दा बिष्ट ८१६ मतले अगाडि छन् ।
त्यस्तै हलो चुनावी चिन्हमा २९ मत, लौरोमा १२ मत, तीरमा ४६ मत, सुर्यमुखी फुलमा ९ मत, कुखुराको भालेमा २ मत र अंगुरको झुप्पा तथा ज्यावलमा समान १ मत खसेको छ । २१९ मत बदर भएको छ ।