gulminews logo
आईतवार, २०८१ बैशाख २३

गुल्मी क्षेत्र नं २ मा एमालेका गोकर्ण बिष्टको अग्रता कायमै

गुल्मी, मंसिर ०५ । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण बिष्टले अग्रता कायमै राखेका छन् ।

प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा ३ हजार २९६ मत गन्दा एमालेका बिष्टले १ हजार ६८९ मत पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले १ हजार ३१६ मतसहित उनलाई पछ्याइरहेकी छन् ।

गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा अन्तर्गत इस्मा गाउँपालिका वडा नम्बर १ र २ को मत गणना गरेर सकिएको छ । मतगणना अनुसार वडा नम्वर १ मा नेकपा एमालेको सूर्य चिन्हमा ६७२ र नेकपा (एकीकृत समाजवादी)को कलम चिन्हमा ६०२ मत प्राप्त भएको थियो । उता वडा नम्बर २ मा सूर्य चिन्हमा १ हजार ५ मत खस्दा कलम चिन्हमा ७१४ मत मात्र खसेको थियो । २ वटा वडाको मत गनेर सक्दा सम्म नेकपा एमालेका गोकर्ण बिष्ट नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्री भन्दा ३७३ मतले अगाडि छन् ।

त्यस्तै हलो चुनावी २५ मत, लौरोमा ११ मत, तीरमा ३६ मत, सुर्यमुखी फुलमा ६ मत, कुखुराको भालेमा २ मत र अंगुरको झुप्पामा १ मत खसेको छ । १६२ मत बदर भएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D