gulminews logo
आईतवार, २०८१ बैशाख ३०

गुल्मी अस्पातल: बिरामी बढ्दै, डाक्टर घट्दै

हुमाकान्त पोखरेल
गुल्मी, ०४ असौज । गुल्मी अस्पताल तम्घासमा बिरामीको सङ््ख्या बढ्दै गएको छ । बर्षायाम सकिएको र मौसम परिवर्तन हुने समय भएकोले बिरामीको सङ्ख्या बढ्दै गएको हो । तर दरबन्दीअनुसार डाक्टर नहुँदा उपचारमा भने समस्या परेको छ । गुल्मी अस्पतालमा पछिल्लो दुई महिना अर्थात साउन र भदौमा कुल ७ हजार ८०३ जना बिरामीले सेवा लिएका छन् ।

सेवा लिनेमध्ये अधिकाशं महिला रहेका छन् । जसमध्ये ४ हजार ९२६ महिला र २ हजार ८७७ पुरुष रहेका छन् । सबैभन्दा धेरैले ओ.पि.डी. सेवा लिएका छन् । ४ हजार १८७ जना महिला तथा २ हजार २७० पुरुषले ओ.पि.डी. सेवा लिएका छन् । त्यस्तै इमरर्जेन्सीमा १ हजार १३३ जनाले सेवा लिएका छन् । जसमध्ये ६०३ जना महिला तथा ५३० जना पुरुष रहेका जिल्ला अस्पतालका बायोमेडिकल टेक्सिनियन दिपक महतले जानकारी दिए । भने अस्पतालमा पछिल्लो दुई महिनामा कुल २१३ जना भर्ना भएका छन् । जसमध्ये १३७ महिला र ७६ पुरुष रहेको महतले जानकारी दिए ।

५० प्रतिशत पनि डाक्टर छैनन्
दिनप्रतिदिन अस्पतालमा बिरामीको सङ्ख्या बढ्न थालेपनि अस्पतालमा कार्यरत डाक्टरहरुको सङ्ख्या भने घट्दै गएको छ । भएका केहि डाक्टर पनि समायोजनपछि सरुवा भएपछि अहिले तम्घास अस्पतालमा डाक्टरको अभाव भएको छ । अस्पतालमा प्रमुख मेडिकल सुपरिडेन्टेन्ट जर्नलिस्ट देखि अहेव सम्म कुल ४३ जना डाक्टरको दरबन्दी छ । तर हाल जम्मा २२ जनामात्र कार्यरत छन् । जसमध्ये पनि समायोजनले ल्याब टेक्निसियन राजकुमर चौधरीको सरुवा भएको छ । यसरी अस्पतालमा दरबन्दी सङ्ख्याको जम्मा ४८.८३ प्रतिशत डाक्टर मात्र कार्यरत रहेको गुल्मी अस्पतालका सुचना अधिकारी काशिँराम वि.क.ले जानकारी दिनुभयो ।

प्रमुख दरबन्दी नै रिक्त
सुन्दा अचम्म लाग्न सक्छ, कुनै पनि स्वास्थ्य सँस्थामा प्रमुख दरबन्दी नै रिक्त छ भनेर । तर गुल्मी अस्पतालको यो कुनै नौलो विषय होइन । अस्पतालको ११ औँ तहको प्रमुख मेडिकल सुपरिडेन्ट जर्नलिस्टको दरबन्दी नै विगत धेरै बर्षदेखि रिक्त रहदैँ आएको छ । तर अस्पताल र व्यवस्थापन समितिले कुनै चासो दिएको छैन । अस्पतालमा नवौ तहका ९ जना डाक्टरको दरबन्दी छ । तर अहिले जम्मा एक जनामात्र कार्यरत रहेको सुचना अधिकारी वि.क.ले जानकारी दिए ।

अस्पतामा निमित्त प्रमुखको रुपमा मेडिकल सुपरिडेन्ट डा. उत्तम पाच्या कार्यरत छन् । बाँकी कन्सल्टेण्ट पेडियाट्रिसीयन, बरिष्ठ कन्सल्टेण्ट गाइनोलोजिस्ट, सर्जन, आर्थोपेडिक, रेडियोलोजिस्ट, साइक्याट्रिक, एनेष्थेसियोलोजिष्ट र बरिष्ठ कन्सल्टेण्ट फिजिसियनको दरबन्दी रिक्त रहेको अस्पतालले जनाएको छ । त्यस्तै ८ औँ तहका कुल ५ जना डाक्टरको दरबन्दी रहेकोमा ४ जना कार्यरत छन् भने एकजनाको दरबन्दी रिक्त रहेको छ ।

सातौँ तहका सबै र पाचौँ तहका ४ दरबन्दी रिक्त
अस्पतालमा सातौँ तहका सबै दरबन्दी रिक्त रहेको पाइएको छ । बरिष्ठ फिजियोथेरापिष्ट, बरिष्ठ मेडिकल ल्याव टेक्नोलोजिस्ट र नर्सिङ्ग अधिकृतको दरबन्दी रिक्त रहेको छ । अस्पतालमा पाचौँ तहका कर्मचारीको दरबन्दी १९ हो । जसमध्ये चार दरबन्दी रिक्त अवस्थामा रहेका छन् । बाँकि रहेका ४ जना स्टाफ नर्स पनि समायोजनले सरुवा भइसकेको छ । ल्याब टेक्निसियन र एनेस्थेटिक सहयाक एक÷एक जना तथा दुईजना स्टाफ नर्सको दरबन्दी रिक्त छन् । भने चौथो तहका ल्याब असिन्टेन्ट र डार्करुपम असिस्टेन्टको दरबन्दी पनि रिक्त रहेको सुचना अधिकारी वि.क.ले जानकारी दिए ।

प्रशासनका सबै र अन्य ८ कर्मचारी छैनन्
अस्पतालमा प्रशासनतर्फ पाचँ जनाको दरबन्दी छ । प्रशासनमा विशेषगरी फाइल तथा कागजपत्रहरु मिलाउने, तथ्याङ्क संकलन गर्ने, आर्थिक हिसाब राख्ने लगायतका काम हुन्छ । सोहि कामको लागि भन्दै नायब सुब्बा, लेखापाल, खरिदार र कम्युटर अपरेटर गरी ४ दरबन्दीको पनि सिर्जना गरिएको छ । तर सबै कर्मचारी दरबन्दीमै सिमित रहँदा काममा समस्या परेको छ । ‘बिरामी जाँच्ने समयमा पनि प्रशासनको काम गर्नुपर्ने बाध्यता छ ।’ डाक्टर विपिन खनालले भने, ‘यसको प्रत्यक्ष असर बिरामीलाई परेको छ ।’ अस्पतालमा हलुका सवारी चालकको पनि दरबन्दी छ । तर चालक छैनन् । भने कार्यालय सहयोगीमा ११ जनाको दरबन्दी रहेकोमा हाल ५ जनामात्र कार्यरत छन् । जसमध्ये पनि एकजनालाई समितिबाट करारमा नियुक्त गरिएको हो ।

बिरामी बढ्ने अनुमान
दसैँ सुरु हुन लाग्दा बिरामी बढ्न सक्ने अनुमान गरिएको छ । यो समयमा मौसमी बिरामी र खानपानमा ध्यान नदिएका बिरामी आउने भएकोले बिरामी सङ्ख्या बढ्ने अनुमान गरिएको हो । टाइफाइड, वान्ता, झाडापखाला, ज्वरो, पेट दुख्ने, जन्डिस तथा विभिन्न प्रकारका सङ्क्रमणका विरामीहरु अस्पतालमा आउने अस्पतालका निमित्त प्रमुख डाक्टर उत्तम पाच्याले जानकारी दिए । ‘बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ, तर डाक्टरको सङ्ख्या भने घटिरहेको छ ।’ उनले भने, ‘सकेसम्म बढी सेवा दिने प्रयास गरेका छौ ।’ तर उनले सर्जन र कन्सल्टेन्ट डाक्टर नहुँदा भने धेरै नै समस्या परेको बताए ।

करारमा कर्मचारी छनोट: अध्यक्ष
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुलीले अस्पतालको आवश्यकतालाई मध्यनजर गर्दै करारमा कर्मचारी छनोटको प्रक्रिया सुरु गरिएको बताए । ‘कर्मचारी पठाउने निकाय संघिय स्वास्थ्य मन्त्रालय हो, तर डाक्टर आउने कुनै निश्चित भएन ।’ उनले भने, ‘तत्कालको लागि करारमा कर्मचारी छनोट गर्दैछौ ।’ उनले अस्पताल ५० शैयाको भएपनि डाक्टरहरु लामो समयसम्म नबसेको कारण समस्या भएको बताए । अस्पतालले अहिले कुल १५ कर्मचारी करारमा नियुक्त गर्दैछ । जसमध्ये अ.न.मी. ३, स्टाफ नर्स ६ जना, ल्याब टेक्निसियन २ जना तथा सहायक कम्युटर अपरेटर, नर्सिङ्ग अधिकृत, ल्याब एसिस्टेन्ट र मेडिकल ल्याब टेक्नोलोजिस्ट एक÷एक जना करारमा छनोट हुने अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D