गुल्मी अर्जेकी अर्याल अस्पतालको बेडमा छटपटाउँदै, क्यान्सर बल्झिएपछि आर्थिक अभाव

टोपलाल अर्याल
गुल्मी, २७ मंसिर । मालिका गाउँपालिका ६ की २३ बर्षीया रिता अर्यालको आर्थिक अवस्था कम्जोर भएका कारण उपचारमा समस्या भएको छ । उनी अहिले भरतपुर क्यान्सर अस्पतालमा छन् । गत साउनमा ढाडमा सानो मासु पलायो ।

उपचारको लागि तम्घासको एक मेडिकलमा आइन् । स्वास्थ्यकर्मीले सानो मासु भएकाले काटेर फालिदिए । लगभग एक महिनामा फेरि समस्या बल्झियो । पहिलेकै मेडिकलमा आइन । मेडिकलकर्मीले फेरि पनि मासु काटने सुझाव दिए । एकाएक मासु बढेर ठुलो बन्यो । अर्याल आफन्तको आग्रहमा बुटवल पुगिन् । बुटवलका अस्पतालमा पनि उपचार भएन ।

डाक्टरले बुटवलबाट काठमाण्डौ पठाए । काठमाण्डौमा मासुको अप्रेशन गरियो । भारत लगेर बायस्पी गरेपछि क्यान्सर भएको पुष्टि भएको उपचारमा संलग्न दिदि मिठु बस्नेतले बताइन् । उनले मेडिकलले तम्घासमै हचुँका भरमा उपचार गरेका कारण समस्या झन बल्झिएको बताइन् । परिवारलाई अस्पतालमा बिरामीको उपचार र छोरीको हेरचाह गर्न निकै अपठ्यारो परेको छ ।

एक हप्तादेखि पीडितको भरतपुरमा क्यान्सरको उपचार सुरु भएको छ । किमो सुरु भएकाले उपचार खर्चमा समस्या परेको बस्नेतले गुनासो गरिन् । क्यान्सर पीडित अर्यालको ११ महिनाको छोरी छन् । घरको आर्थिक अवस्था राम्रो छैन् । भर्खरै कमाउन गएका श्रीमान मिन बहादुर अर्याल पनि श्रीमती बिरामी परेपछि गाउँ फर्किए । श्रीमानले सवैसंग सहयोगको याचना गरे ।

‘श्रीमती बिमारले थला परेपछि कसरी काम गरुँ । ११ महिनाको छोरीको समेत कन्तबिजोक छ,’उनले भने,‘दैव पनि गरिव र बिपन्नलाई मात्र लाग्ने रहेछन् ।

यो पनि पढ्नुस्

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

मृगौला पीडित शेरबहादुरको बिलौना, भन्छन्, मृगौलासंगै परदेशको कमाई सकियो, जीन्दगी भगवानको भरोसा्

टोपलाल अर्यालगुल्मी, ६ साउन । गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D