गुल्मीमा ९२ जना उम्मेदवारको मनोनयन फिर्ता

१७ वैशाख, गुल्मी । गुल्मी जिल्लामा स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका ९२ जनाले मनोनयन फिर्ता लिएका छन् ।

जिल्लामा कुल उम्मेदवार एक हजार ३२५ मध्ये विभिन्न पदमा उम्मेदवारी दिएका ९२ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

जसमध्ये गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका ७३ जनामध्ये १३ जनाले उम्मेदवारी मनोनयन दर्ता फिर्ता लिएको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले बताइन । १२ जना गाउँ नगरपालिका अध्यक्ष पदका लागि अब ६० जना उम्मेदवार मात्रै बनेका छन् ।

गाउँपालिका उपाध्यक्ष पदमा ५१ जनाले उम्मेदवारी दिएकोमा ९ जनाले उम्मेदवारी मनोनयन दर्ता फिर्ता लिएका छन् । मनोनयन दर्ता फिर्ता लिएपछि ४२ जना उम्मेदवार उपाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका छन् । -अन्लाईन खबर डट कम

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D