gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीमा ६ सिटका लागि ३८ जनाको उम्मेदवारी, १० जना स्वतन्त्र उम्मेदवार (सूचिसहित)

हुमाकान्त पोखरेल
गुल्मी, कार्तिक १६ । आगामी मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि गुल्मीका सात राजनैतिक दल र स्वतन्त्र उमेदवारहरुले हर्षोउल्लासका साथ मनोनयन गरेका छन । दोस्रो चरणको निर्वाचन अन्तगरगत मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधिसभामा गुल्मीमा ३८ जनाको उम्मेद्धारी परेको छ ।

प्रतिनिधिसभामा २ सिटको लागि १४ जना र प्रदेश सभामा ४ सिटको लागि २४ जनाको उम्मेद्धारी परेको हो । जिल्लामा ७ दलको तर्फबाट २८ तथा १० जनाले स्वतन्त्र उम्मेद्धारी समेत दिएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी, बाम गठबन्धनको तर्फबाट एमाले नेता प्रदिप ज्ञवाली, नयाँशक्ति नेपाल बाट तेज बहादुर थापा, जनमोर्चाबाट छविलाल सर्तुङ्गी, देशभक्त पार्टीबाट केशव अधिकारी र स्वतन्त्र रुपमा लक्ष्मण भण्डारीले मनोनयन दर्ता गराएका छन ।
gulmi election updates
त्यसैगरी प्रतिनिधी सभा २मा कांग्रेस नेता चन्द्र केसी, बाम गठबन्धनको तर्फबाट एमालेका नेता गोर्कण बिष्ट, नयाँ शक्ति बाट गणेश कुवंर, जनमोर्चा बाट रामेश्वर खत्री, मंगोल नेशनल अर्गनाइजेशन बाट पदम थापा, स्वतन्त्र बाट चुरामणी भण्डारी, गिता पाण्डेय, अर्की गिता पाण्डेले उम्मेद्वारी दर्ता गराएका छन । त्यसैगरी प्रतिनिधी सभा क्षेत्र नम्बर १ को १ प्रदेश ‘क’ मा कांग्रेसबाट पृथ बहादुर फौजदार, बाम गठबन्धनको तर्फबाट माओवादी केन्दका सुर्दशन बलाल, जनमोर्चाबाट ओम बहादुर कुवंर, नयाँशक्ति बाट सरोज गुरुङ्ग, राप्रपा प्रजातान्त्रिक बाट बसन्त बिक्रम पाण्डेय, स्वतन्त्र बाट रेशमराज न्यौपाने, बिष्णु घर्ति, कृष्ण बहादुर थापाले उम्मेद्वारी दिएका छन । प्रदेश ‘ख’ मा कांग्रेसका धनेन्द्र कार्की, बाम गठबन्धनको तर्फबाट एमालेका कमलराज श्रेष्ट, जनमोर्चाका टेक बहादुर खत्री, नयाँशक्तिका पदम बहादुर खत्री, स्वतन्त्रका अम्मर बहादुर कुवंर, चन्द्रकला पाण्डेयले मनोनयन दर्ता गराएका छन ।

त्यस्तै प्रतिनिधी सभा २ नम्बर क्षेत्रका प्रदेश ‘क’ बाट कांग्रेसका शालिकराम पन्थी, बाम गठबन्धनको तर्फबाट एमालेका खडग बहादुर खत्री, जनमोर्चाका हरिलाल न्यौपाने, नयाँशक्तिका घनश्याम पाण्डेय तथा धनिश्वर गौतमले स्वतन्त्र रुपमा नाम दर्ता गराएका छन । त्यस्तै प्रदेश ‘ख’ मा कांग्रेस का छन्द बहादुर पहराई, बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका दिनेश पन्थी, जनमोर्चाका धन बहादुर थापा क्षेत्री, नयाँशक्तिका धुव्र बहादुर कुवंर, मंगोल नेशनल अर्गनाइजेशनका कमल सिंजाली मगरले नाम दर्ता गराएका छन । नाम दर्ताको लागि बिहान १० बजेदेखी साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।

मनोनयन समयमा राजनैतीक दलहरुबिच हुनसक्ने संभावित घटनालाई मध्येनजर राख्दै सुरक्षा व्यावस्था कडा राखिएको थियो । नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा म्यादी प्रहरी मार्फत मनोनयन दर्ता हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सुरक्षा घेराभित्र राखिएको एसपी अनुगकुमार द्धवेदीले बताउनुभयो ।

जिल्लामा दलहरुबाट कुनै पनि बागी उम्मेदवार परेका छैनन् । जिल्लामा ठुला २ दलबाट बाजा गाजा सहित कार्यकर्ताको जमात सहित मनोनयन दर्ता गराएका थिए । जिल्लामा सुरुमा साना दल र स्वतन्त्र उम्मेदवारहरुको समय र त्यस पछी नेपाली काँग्रेस र बाम गठबन्धनको समय निर्धारण गरिएको थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D