gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

गुल्मीमा ६ सांसदको लागि ६६ जनाको उम्मेदवारी, प्रतिनिधिसभामा केन्द्रीय नेताबीच नै प्रतिस्पर्धा

हुमाकान्त पोखरेल
गुल्मी, २३ असौज । गुल्मीमा ६ सांसदका लागि ६६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा दुई सांसदको लागि २४ र प्रदेश सभामा चार सांसदको लागि ४२ जनाको उम्मेदवारी परेको हो ।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ को लागि ११ जनाको उम्मेदवारी परेको छ । पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका चन्द्र भण्डारी र एमालेको तर्फबाट प्रदिप ज्ञवालीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै हाम्रो नेपाल पार्टीबाट भुवनेश्वर अर्याल, नेपाल मजदुर किसान पार्टीबाट पदम रसायली लगायतले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ मा पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल र एमालेको तर्फबाट चिन्तामणी पाण्डे लगायत ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका धनेन्द्र कार्की र एमालेको तर्फबाट फर्सुराम पाण्डे लगायत १२ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को लागि १३ जनाको उम्मेदवारी परेको छ । जसमा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्री र एमालेको तर्फबाट गोकर्ण विष्टले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ कै लागि हाम्रो नेपाल पार्टीबाट रामलाल पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ठाकुर प्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज घिमिरे, मंगोल नेशनल अर्गनाइजेशनबाट पदम थापा मगरले मनोनयन दर्ता गराएका छन् । त्यस्तै तेजेन्द्र बहादुर महत, कमला पुन, देवराज पाण्डे, दामोदर भुसाल र केशर बहादुर थापाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ को लागि १० जनाको उम्मेदवारी परेको छ । जसमा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका लुम्बिनी प्रदेश उप–सभापति भुवन प्रसाद श्रेष्ठ र एमालेको तर्फबाट केन्द्रीय परिषद् सल्लाहकार सदस्य डिल्लिराज भुसालले मनोनयन दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाइजेशनबाट विष्णु सारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जितेन्द्र विष्ट, जनता समाजवादी पार्टीबाट घनश्याम पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी नित्यानन्द पाण्डे, झविन्द्र पाण्डे, युवराज खरेल, सन्त बहादुर थापा र प्रेम बहादुर कुमालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयका अमर केसीले जानकारी दिए ।

त्यस्तै क्षेत्र नम्बर २ ‘ख’ मा नौ जनाको उम्मेदवारी परेको छ । पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसी र एमालेको तर्फबाट जिल्ला संयोजक दिनेश पन्थीले उम्मेदवारी दिएका छन् । मंगोल नेशनल अर्गनाइजेशनबाट कमल सिंजाली मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जितेन्द्र जिसी एवम् स्वतत्र रुपमा राजु विक, दुर्गा बहादुर विक, नरेन्द्र बहादुर अर्याल, बल बहादुर अधिकारी र बाबुराम कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।

केन्द्रीय नेताबीच नै प्रतिस्पर्धा

प्रतिनिधिसभामा केन्द्रीय नेताबीच प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नम्बर १ मा एमाले उप–महासचिव एवम् पूर्व मन्त्री प्रदिप ज्ञवाली र काँग्रेसका पूर्व केन्द्रीय सदस्य चन्द्र भण्डारीबीच प्रतिस्पर्धा हुने भएको हो । ज्ञवाली र भण्डारी ०६४ देखि एक आपसमा निर्वाचनमा भिड्दै आएका छन् । जसमा ०६४ मा ज्ञवाली, ०७० मा भण्डारी र ०७४ मा ज्ञवाली निर्वाचित भएका थिए । उनीहरु दुवैजना आ–आफ्नो पार्टीमा केन्द्रमा पहुँच राख्ने नेता हुन् । क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्री र एमालेको तर्फबाट पार्टी केन्द्रीय सचिव एवम् पूर्वमन्त्री गोकर्ण विष्ट चुनावी मैदानमा छन् ।

०७४ को निर्वाचनमा झाँक्रीले विष्टलाई जिताउनको लागि भूमिका खेलेकी थिइन् । तर यसपटकको निर्वाचनमा भने दुवैजना आम्मुने–सामुन्ने भएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे एमाले उप–महासचिव ज्ञवालीले जिल्लामा बाँकी रहेका केही योजना पुरा गर्न र राष्ट्रिय राजनीतिलाई सही ढङ्गले संचालन गर्नको लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरे । एमालेकै सचिव विष्टले विकास र समृद्धिका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।

त्यस्तै एकीकृत समाजवादीकी सचिव झाँक्रीले विकासमा फड्को मार्नको लागि नेतृत्व परिवर्तन गर्नुपर्ने भएकोले आफुले उम्मेदवारी दिएको बताइन् भने काँग्रेसका पूर्व केन्द्रीय सदस्य भण्डारीले गुल्मीलाई देशकै नमुना जिल्ला बनाउनको लागि आफुले उम्मेदवारी दिएको प्रतिक्रिया दिए । क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबिरुद्ध बागी उम्मेदवारी परेको छ । नेपाली काँग्रेसका महासमिति सदस्इ डाक्टर दामोदर भुसालले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D