gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा ४० कटेकी महिलाले गरिन् पुरुषको बलात्कार प्रयास, पीडितकी बुहारीले हालिन् उजुरी

प्रेम सुनार
गुल्मी, माघ २६ । गुल्मीमा एक महिलालाद्वारा एक पुरुषमाथी वलात्कारको प्रयास भएको छ । घटना माघ १ गतेको भएपनी हो तर हालै मात्र यस घटनाको खुलासा भएको हो । भर्खरै खुलासा भएको घटना अनुसार धुर्कोट गाउँपालिका वडा नम्वर ४ जैसीथोक वडा कार्यालयमा र धुर्कोट वस्तु प्रहरी चौकीमा एक महिलाले पुरुषलाई वलात्कारको प्रयास गरेको उजुरी परेपछी यस्तो घटनाको खुलासा भएको हो ।

वडाध्यक्ष मानबहादुर कुँवरसंग सम्पर्क राख्दा उनिहरुको नाम गोप्य राखी दिन आग्रह गरे । उनका अनुसार दुवै जना ४० वर्ष उमेर नाघेका महिला र पुरुष हुन् । पीडित भनिएका ति पुरुष छिमेकीको घरमा गएका थिए । जुन घरको एक कोठामा तिन जना महिलाहरु थिए । ति मध्येकी एक महिलाले ति पुरुषको लिङ्गमा स्पर्श गर्न सुरु गरेको र पछि अध्याधिक उन्मादमा आई जोड संग लिङ्ग बटारी दिएको पीडित पुरुषले बताएका छन् ।

वडाध्यक्ष कुँवरका अनुसार लिङ्गमा असर परे पछि उनलाई जिल्ला अस्पताल तम्घासमा उपचारको लागि ल्याईएको थियो । तम्घासबाट रिफर भई उनि अहिले भरतपुर अस्पतालमा उपचार गराईरहेको स्रोतले बतायो । स्थानियका अनुसार उनी एकदमै सोझा व्यक्ति हुन् । दुुई वटी श्रीमती विवाह गरेर पनि उनले वास्ता नगरे पछि ति महिलाहरुले छाडेर गएका थिए । भाई वुहारीहरु संग वसेका उनको यौन शक्ति परिक्षणका लागि पनि उन्मत्त महिलाले उनको लिङ्ग स्पर्शको प्रयास गरिएको हुन सक्ने स्थानियको अनुमान छ । धुर्कोट वस्तु प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक शेरबहादुर थापा संग सम्पर्क राख्दा उनले पनि त्यस्तो उजुरी परेको र यसमा थप अनुसन्धान भईरहेको बताए ।

उनले भने ‘अहिले ति पुरुषको उपचार भई रहेको हुँदा डाक्टरको रिर्पोट नआए सम्म अनुसन्धानकै क्रममा छ, मैले जिल्लामा डिएसपी सावलाई समेत जानकारी गराई सकेको छु ।’ ति महिलाले सुरुमा मैले उपचार खर्च ब्यहोर्छु, थाना चौकी नगराउ भनेको तर अहिले मैले होईन भन्ने गरेको एक जनप्रतिनिधीले बताए । ति महिलाका श्रीमान भारतमा रोजगारीमा रहेका छन् । ति पुरुषका उजुरीकर्ता भने उनकी भाई बुहारी रहेको प्रहरीले बताएको छ । उनिहरु दुवै दलित समुदायका हुन् ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D