gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

गुल्मीमा ३ जनाको हत्या अभियुक्त कारागार चलान

अनिल खत्री
२३ मंसिर, गुल्मी । गुल्मीमा ३ जनाको हत्या गर्ने अभियुक्त पुरपक्षका लागि कारागार चलान भएका छन् । हत्यारामा संलग्न बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरे बस्ने ४६ वर्षिय पूर्णबहादुर सुनार पुरपक्षका लागि कारागार चलान भएको जिल्ला अदालत गुल्मीका श्रेष्तेदार कृष्णशरण लामिछानेले बताए ।

हत्यामा संलग्न सोहि ठाउँ निवासी माधव सुनार १४ मुनि रहेकाले भैहवाको वाल सुधार केन्द्र पठाइएको जिल्ला अदालत गुल्मीले जनाएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा तिन जना मिलेर मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भइ हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षिय सरिता भन्ने शिबमाया लिम्बु र उनका ७ वर्षिय जुमल्या छोरी जंगा र जमुनाको हत्या गरेका थिए ।

हत्यामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ । दुई बालिकाको निर्ममता पूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुईजनालाई प्रहरीले पोखरा महानगरपालिका २५ हेम्जाबाट डेरामा बसिरहेको अबस्थामा पक्राउ गरेको थियो । सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

हत्या गर्नुको मुख्य कारण कर्तव्य गरी मारेको प्रहरीले खुलाएको थियो । तिन जनाको निर्मता पूर्वक हत्या गरि कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा शब फेला परेको थियो । प्रहरीले बेवारिसे अबस्थामा रहेका शबलाई १५ दिनपछि पहिचाहन र हत्यारा पक्राउ गरेको थियो ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D