gulminews logo
शनिबार, २०८१ बैशाख २२

गुल्मीमा २ मा झाँक्रीलाई सिफारिस गरेको समाजवादीको १ मा को-को सिफारिस भए ? हेर्नुस् सबै उम्मेदवारहरुको नामावली

हुमाकान्त पोखरेल
गुल्मी, २६ भदौ । नेकपा एकीकृत समाजवादी गुल्मीले जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार टुंगाएको छ ।

शनिबार पार्टीको जिल्ला कमिटी बैठकले दुई संघ र चार प्रदेश एवम् समानुपातिकतर्फका पनि उम्मेदवार टुंगाएको हो । जसअनुसार क्षेत्र नम्बर १ को लागि प्रमेश पोखरेल र क्षेत्र नम्बर २ को लागि रामकुमारी झाँक्री सिफारिस भएका छन् । त्यस्तै क्षेत्र नम्बर १ को ‘क’ मा रामजी ज्ञवाली र झवी पाण्डे, ‘ख’ मा सुरेन्द्र कडेल, टेकराज अर्याल, क्षेत्र नम्बर २ को ‘क’ मा कर्णध्वज जिसी एवम् ‘ख’ मा जीवराज अर्याल र युवराज लम्साल सिफारिसमा परेका छन् ।

प्रदेश समानुपातिकतर्फ कालिका देवी पाण्डे, सन बहादुर बुचा, नगेन्द्र किरण ठकुरी, माया घर्ती, चन्द्र सुनार, गुञ्ज नेपाली, कमला बराल र रामप्रसाद पन्त रहेका छन् । त्यस्तै संघीय निर्वाचन क्षेत्रको समानुपातिकतर्फ गणेश विक, निर्मला पोखरेल र हरी छन्त्याल रहेको समाजवादीले जनाएको छ । एकीकृत समाजवादी गुल्मीले नेता प्रमेश पोखरेललाई जिल्ला ईन्चार्ज बनाउन पनि निर्णय गरि केन्द्रमा पठाएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D