गुल्मी, २४ असोज । गुल्मीमा एक जना महिलाको हत्या भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ दुबिचौरकी ५५ वर्षकी पार्वती विकको हत्या भएको अन्लाईन खबर डट कमले समाचार छापेको छ ।
२५ वर्षको प्रकाश विकको चिर्पट प्रहारबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।
आइतबार बेलुकी बजारबाट घर फर्किने क्रममा घर नजिकै बाटोमा प्रकाश विकले चिर्पट दाउराले टाउकोमा हानेर घाइते महिलाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक उपाध्यायले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।