टोपलाल अर्याल
गुल्मी । १४ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका-६ अम्मरपुरका २४ वर्षीय रामबहादुर कुमाललाई साउन २१ गते गिरफ्तार गरेको छ ।
त्यस्तै फकाएर विवाह गराईदिएको आरोपमा सोही ठाउँकी ३६ वर्षीया कमला कुमाललाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई कमला कुमालले असार १८ गते साँझ ६ बजे आरोपित रामबहादुर कुमालसँग विवाह गराइदिएको जिल्ला प्रहरी कार्यालयका असई सत्यनारायण यादवले बताए । मौखिक उजुरीका आधारमा प्रहरीले आरोपितहरूलाई गिरफ्तार गरेको जनाएको छ ।






