गुल्मी, १५ फागुन । गुल्मीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना युवा पक्राउ परेका छन् ।
जबरजस्ती करणीको अभियोगमा पक्राउ पर्नेमा बाग्लुङ निसिखोला गाउँपालिका-३ घर भई गुल्मी रुरु गाउँपालिका-४ चौतारामा बस्ने २३ वर्षीय तिल बहादुर बुढा रहेका छन् । बुढालाई प्रहरीले मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
बुढाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।