gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा ११ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काका नाता पर्ने पक्राउ

गुल्मी, जेठ १४ । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीमा एक जना पक्राउ परेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-२ रुद्रबेणी बस्ने काका नाता पर्ने १९ वर्षीय पुरुषलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई घरमा खेलिरहेको अवस्थामा ललाई फकाई स्थानीय खरिया भन्ने स्थानको सार्वजनिक जंगलमा लगी मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको गुल्मी प्रहरीले जनाएको छ ।

उता आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बगनासकाली गाउँपालिका-२ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती पुरुषले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D