अनिल खत्री
२० मंसिर, गुल्मी । गुल्मीमा ४१ वर्षिय पुरुषद्धारा १० वर्षिय वालिका बलात्कृत भएकी छन् । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर नम्बर–३ लोलङखोला निवासी ४१ वर्षिय भोजबहादुर सार्कीले वालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो ।
आरोपित सार्कीले बिहिवार बिहान गाडीमा राखेर स्कुल छोड्न लैजाने क्रममा वालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । बालात्कृत वालिका सहित उनका दाजुहरु पनि स्कुल लगेका सार्कीले अन्य दुई जनालाई अन्यत्र छोडेर वालिकालाई ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कृत वालिकाको दाजुले बहिनीलाई अन्यत्र लगेको देखेपछि घरमा खबर गरेका थिए । बलाकृत भएकी वालिकालाई सार्कीले ३० रुपैयाँ पनि दिएको प्रहरीले जनाएको छ । सार्कीले सोहि ठाउँ निवासी स्थानीयको सवारी चलाउदै आएका थिए । बलात्कार गर्ने सार्कीलाई म्याद थप गरे थप अनुसन्धान अगाडी बढाईएको प्रहरी नायव उपरिक्षक घलेले बताए । बालकृत भएकी वालीको स्वस्थ्य जाँच पछि घरमा पठाइएको प्रहरीले जनाएको छ ।