gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा समानुपातिक तर्फ एमाले पहिलो, काँग्रेस दोस्रो

अनिल खत्री
गुल्मी मंसिर २६ । मंसिर २१ मा सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचको प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना गुल्मीमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।
दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा ४ प्रदेश सभा क्षेत्रमा प्रत्यक्ष तर्फ सबै सिटमा बामगठबन्धनले जितेको थियो । समानुपालिकमा पनि बाम गठबन्धन नै अग्र स्थानमा रहेको छ । जिल्लाबाट एमाले पहिलो नेपाली काँग्रेस दोस्रो र माओवादी तेस्रो बनेको छ ।
जिल्लाबाट एमालले कुल ६० हजार ६२ मत ल्याएर पहिलो बनेको छ । नेपाली काँग्रेसले कुल ४५ हजार ५ सय ४४ मत ल्याएको छ । माओवादीले ९ हजार ३ सय ८० मत ल्याएको छ ।
एमालेले क्षेत्र नं. १ मा ३१हजार ६ सय ३७ मत ल्याएको छ । नेपाली काँग्रेसले २७ हजार २ सय ८८ मत ल्याएको छ । माओवादीले ५ हजार २ सय ४४ मत ल्याएको छ ।
उक्त क्षेत्रमा चौथो शक्तिमा बिबेकशिल साझा पार्टी बनेको छ । उक्त पाटीले ११ सय ४४ मत ल्याएको छ । पाचौ शक्तिमा राष्ट्रिय जनमोर्चा बनेको छ । उक्त दललले ११ सय ४० मत ल्याएको छ ।
त्यस्तै क्षेत्र नं. २ मा एमालले २८ हजार ४ सय २५ मत ल्याएको छ । नेपाली काँग्रेसले १८ हजार २ सय ५६ मत ल्याएको छ । त्यस्तै माओवादीले ४ हजार १ सय ३६ मत ल्याएको छ । यो निर्वाचन क्षेत्रमा पनि बिबेशिल साझा पार्टी चौथो शक्ति बनेको छ ।
उक्त पार्टीले ८ सय ४४ मत ल्याएको छ । पाँचौ शक्तिको रुपमा राष्ट्रिय जनमोर्चा पार्टी बनेको छ । उक्त पार्टीले ५ सय ४२ मत ल्याएको छ । प्रदेश सभा तर्फ पनि नेकपा एमाले पहिलो नेपाली काँग्रेस दोस्रो र तेस्रोमा माओवादी बनेको छ । प्रत्यक्ष तर्फको प्रतिनिधी सभा र प्रदेश सभाको तर्फको मतगणना भने आइतवार सम्पन्न भएको थियो

समानुपातिक तर्फ ७ हजार मत बदर

जिल्लाबाट समानुपालिक तर्फ प्रतिनिधी सभा तर्फ कुल ७ हजार ४ सय १७ मत बदर भएको छ । बदर मत मध्ये क्षेत्र नं. १ मा ३ हजार ४८ मत रहेको छ ।
क्षेत्र नं. २ मा ४ हजार ३सय ६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाबाट समानुपातिकब तर्फ क्षेत्र नं. १ मा कुल ७० हजार ६ सय ४७ मत खसेको थियो भने क्षेत्र नं. २ मा ५८ हजार १ सय २८ मत खसेको थियो ।

प्रत्यक्ष तर्फ झण्डै ४ हजार मत बदर

गुल्मीबाट प्रनितिधी सभाको प्रत्यक्ष तर्फ कुल ३ हजार ९ सय १६ म तबदर भएको थियो । जस मध्ये क्षेत्र नं.१ मा १ हजार ७ सय १७ मत बदर भएको थियो । क्षेत्र नं. २ मा २ हजार १ सय ९९ मत बदर भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

६५ दशमलव ४६ प्रतिशतले मतदान

जिल्लामा ६५ दशमलव ४६ प्रतिशत मत खसेको थियो । जिल्लामा रहेका २ वटा निर्वाचन क्षेत्रमा १ लाख ९६ हजार ३ सय ३७ कुल मतदाता रहेका छन् । प्रतिनिधी सभा तर्फ क्षेत्र नम्बर १ मा १ लाख ५ हजार ४ सय २३ जना जम्मा मतदाता रहेका थिए । जिल्लाको क्षेत्र नं. १ का रहेका कुल मतदाता मध्ये ७० हजार ६सय ५० मत खसेको थियो । क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १४ जना जम्मा मतदाता हरेका छन् । क्षेत्र नं. २ मा रहेका कुल मतदाता मध्ये ५८ हजार ८९ मत खसेको थियो ।

मतदाता शिक्षा प्रभाव कारी भएन

जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता शिक्षा प्रभावकारी नहुँदा जिल्लामा धेरै मत बदर भएको देखिएको छ । भर्खर सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी जिल्लामा मत बदरको संख्य अत्यधिक देखिएको हो ।
निर्वाचन कार्यालयले छोटो समयमा २ सय ५१ जना मतदाता शिक्षा कार्यकर्ता गाउँगाउँमा पाठाए पनि सम्बन्धीत ठाउँ सम्म नपुगि मतदाताहरुलाई बुझाउन नसकेको देखिन्छ । निर्वाचन शिक्षा कार्यकर्ता सबै मतदाताको घरघरमा नपुग्ने तथा पुगे पनि मतदाताले सिक्ने गरेर सिकाउने नगरेको खाली औपचारीकता पुरा गरेर फर्किएको गाउँगाउँमा गुनासो थियो ।
राजनितीक दलहरुले पनि मतदातासँग मत माग्ने तर मत कसरी राख्ने भन्ने बिषयमा मतदाताहरुलाई नसिकाएका कारण पनि बदर मतको संख्य वढी भएको स्थानियको आँकलन रहेको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D