गुल्मीमा ६ महिनामा सडक दुर्घटनामा परि १८ को मृत्यु, ४२ जना घाइते

हुमाकान्त पोखरेल
गुल्मी, १७ माघ । गुल्मीमा सडक दुर्घटनामा परि पछील्लो ६ महिनामा १८ जनाको मृत्यु भएको भने ४२ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भिर र २० जनाको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । आर्थिक बर्ष २०७४÷७५ को श्रावणयता सो दुर्घटना भएका हुन् ।

साउनदेखि पुससम्म छ महिनाको अवधिमा सबैभन्दा बढी कार्तिकमा १४ जनाको ज्यान गएको छ । त्यस्तै असौजमा दुई, भदौमा एक र माघ महिनामा पनि एक जनाको सडक दुर्घटनामै परि ज्यान गएको जिल्ल ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायब निरिक्षक डोर बहादुर थापाले जानकारी दिए । मृत्यु हुनेमा १३ पुरुष र पाचँजना महिला रहेका छन् । घाइते पनि सबैभन्दा धेरै कार्तिकमा २४ जना भएका छन् । जसमध्ये १६ जना गम्भिर र आठजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

असौजमा गम्भिर छ र सामान्य ११ गरी १७ जना र भदौमा एकजना सामान्य घाइते भएका छन् । गम्भिर घाइतेमध्ये १३ जना पुरुष, पाचँजना बालबालिका र ४ जना महिला तथा सामान्य घाइतेमध्ये १६ पुरुष र चार बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलयको तथ्याङ्कमा उल्ल्ेख गरिएको छ । पछिल्लो सात महिनामा जिल्लामा कुल ११ सवारी दुर्घटनामा परेका छन् भने १० ओटा क्षति भएका छन् । जसमध्ये जिप÷कार, ट्याक्टर र मोटरसाइकल ३÷३ तथा बस एउटा रहेको छ । गुल्मीमा सबैभन्दा धेरै असौजमा पाचँवटा सवारी दुर्घटनामा परेका छन् । त्यस्तै कार्तिकमा चार, भदौमा एक तथा माघमा पनि एउटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । आर्थिक बर्ष २०७४÷०७५ को साउन, पुस र माघ महिनामा एउटा पनि सवारी साधन दुर्घटनामा परेको छैन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D