gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा श्रीमानको संबेदनशिल अंगमा ढुंग्रोले हानेर हत्या गरेको आशङ्कामा श्रीमती पक्राउ

गुल्मी, असौज १४ । कुटपिटका कारण एक पुरुषको मृत्यु भएको आशङ्कामा प्रहरीले उनको श्रीमतीलाई पक्राउ गरेको छ । पाल्पाको मिसन अस्पतालमा मंगलबार राति उपचारका क्रममा मृत्यु भएका गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवा निवासी ४८ वर्षीय रमेश ज्ञवालीको अघिल्लो रात श्रीमतीको कुटपिटका कारण भएको प्रहरीको आशङ्का रहेको रातोपटी डट कमले खबर छापेको छ ।

अघिल्लो रात घरमा झगडा भएको र पछि हारगुहार गर्न जाँदा मृतककी श्रीमती पुष्पा ज्ञवालीले आगो फुक्ने फलामको ढुङ्ग्रीले संवेदनशील अङ्गमा प्रहार गरेर घाइते बनाएको आफूहरूले देखेको मृतकका दाजु पदम ज्ञवालीको दाबी छ । उनको बयान लगत्तै गुल्मी प्रहरीले पाल्पा प्रहरीलाई सम्पर्क गरि शव पोस्टमार्टमका लागि बुटवल पठाएको छ ।

त्यस्तै, मृतककी श्रीमतीलाई पाल्पाबाटै नियन्त्रणमा लिई आज श्रृंगा प्रहरी चौकीमा ल्याएर राखिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले आफूले अलि अलि घचेटेको तर त्यसरी नकुटेको बयान दिएको प्रहरी प्रमुख भट्टराईले बताए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D