gulminews logo
बुधबार, २०८१ बैशाख १९

गुल्मीमा वनकुखुरालाई चलाएको बन्दुकको छर्रा आफ्नै श्रीमतीलाई लागेपछी…..

गुल्मी, १७ कात्तिक । श्रीमानले चलाएको भरुवा बन्दुकको छर्राले लागेर श्रीमती घाइते भएकी छन् । मुसिकोट नगरपालिका–४ वडागाउँका दिपक काउछा मगरले मंगलबार दिउँसो जंगलमा वन कुखुरा मार्न चलाएको भरुवा बन्दुकको छर्राले लागेर उनकै श्रीमती ४२ वर्षीय बसन्ती काउछा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार गोलीको छर्राले कम्मरमा लागेर घाइते भएकी काउछाको तमघास अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं आर्मी अस्पताल छाउनीमा रिफर गरिएको छ । धारापानी जंगलमा प्रहरीले भरुवा बन्दुक फेला पारेको जनाएको छ । घटनापछि फरार रहेका दिपक काउछालाई प्रहरीले पक्राउ गरेको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D