gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा वडा कार्यालय तोडफोड गरि ल्यापटप र नगद चोरी

मनोज कार्की
गुल्मी, असोज ११ । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरको वडा कार्यालय शनिबार राती तोडफोड गरि कार्यलयको ल्यापटप र नगद चोरी भएको छ ।

शुक्रबार कर्मचारी वडाको कार्यालय बन्द गरी घरमा गएको समय पारी अज्ञात समुहले राती वडा कार्यालयको ढोका तोडफोड गरि कार्यालयको १ ल्यापटप, नगद ६० हजार चोरी भएको मालिका गाउँपालिका वडा नं ७ घमिरका वडा अध्यक्ष बेद प्रसाद पन्थीले जनाकारी दिए ।
आईतबार कार्यालय समयमा वडा कार्यालय खोल्दा जाँदा कार्यालयको ताला फोरीएको देखेपछि कार्यालयका नि. सचिब मनिराम पन्थीले वडा अध्यक्ष देखि प्रहरीलाई खबर गरेका थिए । चोरी घटनाको खबर प्राप्त भएपछि मर्भुङ्ग प्रहरी टोली वडा कार्यालयमा पुगि घटनाको मुचुल्का तयार पारी अनुसन्धान शुरु गरेको जनाएको छ ।

घमिरको भानुपोखरा बजार नजिकै चोरीको घटना हुदाँ स्थानीय बासिमा त्रास फैलिएको छ । पौष ९ गते घमिरकै वडा कार्यालय तोडफोड गरिएको थियो भने माघ ८ गते भानुपोखरा बजारमा रहेको देबिस्थान मोबाईल पसल पनि चोरी भएको थियो । पछिल्लो समय घमिरको वडा कार्यालय देखि बिभिन्न स्थानमा चोरीका घटना घटिरहेका छन् ।

पछिल्लो समय घमिरमा चोरी र तोडफोडका घटना दिनप्रतिदिन बढ्दो क्रममा छन तर अहिले सम्म कुनै घटनाको दोषी अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D