gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा वडा कार्यालय तोडफोड गरी ल्यापटप चोरियो: चोरीका घटना बढ्दै, स्थानिय त्रसित

मनोज कार्की
गुल्मी, कात्तिक १८ । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ सिमलटारी वडा कार्यालय तोडफोड गरि कार्यलयको ल्यापटप चोरी भएको छ ।

आइतबार कर्मचारी वडाको कार्यालय बन्द गरि घरमा गएको समय पारी अज्ञात समुहले वडा कार्यालयको ढोका तोडफोड गरि कार्यालयको १ थान ल्यापटप चोरी गरेको वडा अध्यक्ष टिका बहादुर जिसिले जनाकारी दिनुभयो । यसरी वडा कार्यालयहरुमा घटेका घटनाले जनता र आफुहरु त्रसित बनेको वडा अध्यक्ष जिसिले बताए ।

सोमबार कार्यालय समयमा कार्यलय सहयोगी तुल्सा रानाले वडा कार्यालय खोल्दा कार्यालयको ताला फोरीएको देखेपछि वडा अध्यक्ष खबर गरी अध्यक्षले प्रहरीलाई खबर गरेका थिए । चोरी घटनाको खबर प्राप्त भएपछी मर्भुङ्ग प्रहरी टोली वडा कार्यालयमा पुगि घटनाको मुचुल्का तयार पारी अनुसन्धान भइरहेको जनाएको छ ।

घमिरको भानुपोखरा बजार नजिकै चोरीको घटना हुँदा स्थानीय बासिमा समेत त्रास फैलिएको छ । २०७६ साल पौष ९ गते घमिरकै वडा कार्यालय तोडफोड गरिएको थियो भने माघ ८ गते भानुपोखरा बजारमा रहेको देबिस्थान मोबाईल पसल पनि चोरी भएको थियो । पछिल्लो समय वडा कार्यालय देखि बिभिन्न स्थानमा चोरीका घटना घटिरहेका छन् ।

पछिल्लो समय मालिका गाउँपालिका वडा तथा पसलहरुमा चोरी र तोडफोडका घटना दिनप्रतिदिन बढ्दो क्रममा छन तर अहिले सम्म कुनै घटनाको दोषी अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D