gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा रोकिएनन् घरेलु हिंसाको क्रम

शिव शुवेदी
गुल्मी । श्रीमान्ले खान, लगाउन नदिएको आरोपमा साविकको दरबारदेविस्थान गाविस ३ की २३ वर्षिया सरिता खत्रीले फागुन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् ।

प्रहरीले दुवै पक्षलाई फागुन ५ गते कार्यालयमा बोलाएर मिलापत्र गरायो । रेसुंगा नपा १४ की २४ वर्षिय पूजा बुढाथोकीले कुटपिट गर्ने श्रीमान् २५ वर्षिय बमबहादुर बुढाथोकी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन ३० गते उजुरी दर्ता गरिन् । प्रहरीले दुवै पक्षलाई कार्यालयमा छलफलका लागि बोलायो । तर पूजाले मिलापत्र गर्न मानिन्, फेरि जिल्ला अदालत पुगिन् । जिल्ला प्रहरी कार्यालयमा आउने घरेलु हिंसा पीडित महिलामा उनीहरू प्रतिनिधि पात्र मात्र हुन् ।
mahila hinsa
सरदर दैनिक दुई÷तीन वटा कुनै न कुनै प्रकारका घरेलु हिंसा सम्बन्धि उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने कार्यालयको तथ्याङ्क छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीको महिला तथा बालबालिका सेलमा आर्थिक वर्ष ०७३÷०७४ मा ८० भन्दा बढी वटा घरेलु हिंसाका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीको महिला सेलमा कार्यरत प्रहरी जवान झर्ना परियारले बताइन् ।

आर्थिक वर्ष ०७२÷०७३ मा एक सय ३४ र ०७१÷०७२ मा दुई सय ५८ घरेलु हिंसाका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । साविकको जुभुङ्ग ३ का ३० वर्षिय भुपाल सिंह खड्काले श्रीमती २५ मिनकला सुवेदी खड्का आफूखुसी घर छोडी माइत गएर बसेको भन्दै माघ १७ गते प्रहरी कार्यलयमा उजुरी दिए ।

प्रहरीले अर्को दिन दुवै पक्षलाई कार्यालयमा उपस्थित गरायो । तर श्रीमान्को सर्तमा श्रीमती सहमति नभएपछि सम्बन्ध विन्छेदको लागि कार्यालयले १८ गते अदालत पठायो । साविकको पराल्मी ६ का चुरामणी आचार्यको पनि समस्या उस्तै हो ।

वैदेशिक रोजगारीको सिलसिलामा रहेका आचार्यले श्रीमती श्रृजना आफूखुसी माइतमा बस्दै आएको भन्दै फागुन २४ गते प्रहरीमा उजुरी दिए ।
हाडहाडे ५ का ३८ वर्षिय मिन बहादुर घर्ती पनि वैदेसिक रोजगारको सिलसिलामा विभिन्न देश जाने आउने गर्छन् । उनको पनि श्रीमती २७ वर्षिय सावित्रा घर्ती मगर माइतमा बस्दै आएकी छन् । प्रहरीमा घर फर्किनुपर्ने मागसहित उजुरी दर्ता भयो । तर कुरा नमिलेपछि सम्बन्ध विच्छेदको लागि उनीहरू पनि अदालत गए ।

यसरी जिल्ला प्रहरी कार्यालयमा यस वर्ष ६ वटा महिला पीडित पुरुषहरूको पनि उजुरी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार महिला पीडित पुरुषहरू अधिकांश वैदेशिक रोजगारमा रहेका छन् । ‘श्रीमान् विदेश श्रीमती बजारमा बस्ने चलन धेरै छ,’ उनले भने– ‘घर आउँदा न पैसा न श्रीमती भएका पुरुषहरू छन् ।’

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D