gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा रक्सी खाएर श्रीमती कुट्नेलाई महिलाहरुले बाँधेर सिस्नो पानी लगाए, केश मुण्डन गरिदिए

प्रेम सुनार
गुल्मी, फाल्गुन २ । गुल्मीको वलिथुम गाउँमा जाँड रक्सी सेवन गरी श्रीमती कुटपिट गर्ने एक पुरुषलाई स्थानिय महिला समुहले घरबाट बाँधेर गाउँ डुलाउँदै सार्वजानिक चौपारीमा ल्याई केश मुण्डन गरेर, सिस्नोपानी लगाएर कार्वाही गरेका छन् । गुल्मी दरवार गाउँपालिका वडा नम्वर १, वलिथुम निवासी ईस्वरी भण्डारीलाई यस्तो कारवाही गरिएको हो ।
gulmi balithum
उनकी श्रीमती ईन्द्रकला भण्डारीले महिला समुह गुहारे पछि गाउँका सारा महिलाहरु जुटेर घरमा सुति रहेका भण्डारीलाई उठाएर हात र कम्मरमा डोरीले बाँधेर गाउँ डुलाई स्थानिय सार्वाजानिक चौपारीमा ल्याई केश मुण्डन गरी सिस्नोपानी लगाउँदै कारवाही गर्दा पनि भण्डारीले मदिरा सेवन गर्न नछाड्ने अडान लिई रहेका थिए ।

उनकी श्रीमती ईन्द्रकलाले भनिन रात दिन रक्सी खाँदै कुटेर ज्यान जोगाउन मुस्कील भएपछि महिला समुह गुहारेकी हुँ । एक सन्तान रहेकी ईन्द्रकलाले आफुले निमेक मजदुरी गरेर जुगाड गरेको खान पनि नदिने, रातदिन कुुट्ने भए पछि सहन नसकेको बताईन् । यस्तो सार्वाजानिक स्थानमा सारा महिलाले आफ्नो श्रीमानलाई जथाभावि गर्दा तपाईको मन दुख्दैन ? भन्ने प्रश्नमा उनले भनिन्, “दु:ख त लाग्छ क्यारे तर उहाँ सुध्रिनु हुन्छ कि भनेर सवैलाई गुहारेकी हुँ ।”

स्थानिय महिला समुह र समाज सेवीहरुले भण्डारीलाई सुधार गर्न सकिन्थ्यो कि भनेर यस्तो कार्वाही गरिएको बताए । साविकको वलिथुम गाविस जनजाती समुदायको वाहुल्य रहेको गाउँ हो । जहाँ घरेलु मदिरा पाईने भए पनि यस्तो खालको घरयासी समस्या र कारवाही अहिले सम्म गरिएको थिएन ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D