गुल्मीमा यातायात बन्द खुल्यो, भोलीको बिप्लप बन्दको बारेमा भने प्रशासन मौन

प्रेम सुनार
गुल्मी, बैसाख २१ । विहान देखि यातायात व्यवसायी गरेको यातायात बन्द आव्हान दिउँसो चार वजे सम्म पुर्णतः ठप्प भए पनि दिउँसो चार वजे पछि गुल्मीमा खुल्ला गर्ने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी कोशल राज शर्माले गुल्मी यातायात व्यवसायी संघका पदाधिकारीलाई जिल्ला प्रशासनमा वोलाई यस्तो यातायात खुलाउने सहमति भएको हो ।

संघका वरिष्ठ उपाध्यक्ष रमेश काउछा, महासचिव हिमाल कुँवरलाई वोलाएर प्रमुख जिल्ला अधिकारी शर्माले अत्यआवश्यक सवारी साधन बन्द हडताल गरिदा जनताले सास्ती व्यहोरको भन्दै अहिले साँझ देखि जिल्ला भर र उता वटवल सम्म खुलाई दिन आग्रह गरेका थिए ।

सुरक्षा निकायका प्रमुख, रेसुङ्गा नगरपालिकको मेयर डिल्लीराज भुसाल लगायतका जनप्रतिनिधी समेत वसेर संघका पदाधिकारी संग यस्तो आग्रह गरेपछि उनिहरु सहमत भएका हुन् । पदाधिकारीद्धयले अत्यावश्यक नागरिकले यातायातका साधन रिर्जभ गरेर आवात जावत गर्न आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी शर्माले गुल्मीमा अहिले साँझ साढे चार वजे पछि अत्याअवश्यक यात्रुहरुका लागि यातायात खुलाउने सहमति भएको जानकारी दिए । भोली विहान देखि विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको वन्द आव्हान प्रति भने प्रशासनले कुनै प्रतिकृया दिएको छैन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D