gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा मापदण्ड विपरीत पुन: निर्माणका बिद्यालय भबन ठेक्कामा, कार्यालय प्रमुख भन्छन् थाहा छैन

तिलाचन पाण्डे
गुल्मी, असार ११ । राष्ट्रिय पुन निर्माण प्राधिकरणद्धारा निर्माण हुने गुल्मीका अधिकांश बिद्यालय भबनहरु मापदण्ड बिपरीत ठेक्कामा भएको खुलेको छ । पछिल्लो समयमा राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाई (शिक्षा) अन्र्तगतबाट निर्माण हुने भबनहरुमा यस्तो पाइएको हो ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नं ५ को दुर्गाभबन माध्यमिक बिद्यालयले ६८ लाख ५० हजारमा निर्माण हुने ४ कोठे आरसिसी भबन निर्माणका लागि कुनै प्रक्रियानै पुरा नगरी सिधै निर्माण ब्यबसायीलाई काम गर्ने जिम्मा दिएको पाइएको छ । आर्थिक बर्ष २०७५/०७६ अन्र्तगत निर्माण हुने भबनमा बिद्यालयले कुनै मापदण्ड पुरा नगरी सिधै नन स्टप कन्ट्रक्सन काठमाण्डौका निर्माण ब्यबसायी लबमणी खरेललाई भबन निर्माण गर्ने जिम्मा दिएको खुलेको छ ।

सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अन्तर्गत ५ लाख रुपैयाँसम्म तीनवटा कोटेशनको आधारमा खरिद बिक्री गर्न सक्ने प्राबधान छ । ५ लाख देखि २० लाख सम्म शिलबन्दी दरभाउपत्रको आधारमा गर्न सक्ने प्राबधान छ । २० लाख भन्दा माथिको निर्माण वा सामान खरिद गर्दा अनिवार्य रुपमा बोलपत्र गर्नुपर्ने र बिधुतीय माध्यमबाट बोलपत्र आहन गर्नुपर्ने प्राबधान रहेको छ तर यी प्रक्रिया पुरा नगरी सिधै विना बोलपत्र निर्माण ब्यबसायीलाई निर्माणको जिम्मा दिएको खुलासा भएको छ ।

बिद्यालयका प्रधानाध्यपक गोकर्णराज खरेल र भबन निर्माण समिति संयोजक तुल्सीराम खरेलको मिलीमतोमा २०७६ भदौ २१ गते सिधै निर्माण ब्यबसायीलाई भबन निर्माण गर्ने कामको जिम्मा दिइएको छ । निर्माण ब्यबसायीले भवन निर्माणको सबै फरफारक गर्नुपर्ने र पुरानो भवनको केही निर्माण साम्रगी निर्माण ब्यबसायीले प्रयोग गरेबापत रु ५ लाख बिद्यालयको खातामा जम्मा गरिदिनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । यो त जिल्लामा बाहिर आएको एउटा उदाहरण पात्र मात्रै हो । जिल्लामा पुन: निर्माण प्राधिकरणबाट बनेका र बन्न लागेका अधिकाशं बिद्यालयका भबनहरु सार्बजनिक खरिद ऐन र नियमावलीलाई मिचि सिधै मिलीमतोमा निर्माण ब्यबसायीमार्फत कामहरु भइराखेको कार्यलयका एक कर्मचारीले नाम नबताउने शर्तमा गुल्मीन्युजलाई जानकारी दिए ।

त्यसो त बिद्यालय भवनको ढलालनका दिन साइट इन्चार्ज साइटमा गएका बेला खाने बस्नेको ब्यबस्था पनि नगरेकाले राती १२ बजे तम्घास आउनुपरेको गुनासाहरु पनि नआएका हैनन् । आर्थिक बर्ष २०७५/०७६को पहिलो चरणमा जिल्लामा पुन: निर्माण प्राधिकरण मार्फत २१ वटा ४ कोठे, १७ वटा २ कोठे र ५ वटा ३ कोठे भबनहरु केही निर्माण सम्पन्न भएका र केही सम्पन्नको प्रक्रियामा रहेका छन् । यस्तै दोस्रो चरणमा १८ वटा ४ कोठे, ५ वटा ३ कोठे, २० वटा २ कोठे भवन र ३४ वटा शौचालयहरु निर्माणको चरणमा रहेका छन् । यी मध्ये पनि अधिकाशं बिधालयका भबनहरु बिद्यालयका प्रधानाध्यपक, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी लगायत निर्माण ब्यबसायीहरुको मिलिमतोमा नियम बिपरीत भबनहरु निर्माण भइरहेका छन् ।

ठेक्कामा दिएको कार्यलयलाई नै थाहा छैन: कार्यालय प्रमुख

यता राष्ट्रिय पुन निर्मााण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा)गुल्मीका कार्यलय प्रमुख पीताम्बर पन्थीले भवन निर्माण ठेक्कामा दिएको कार्यलयलाई थाहा नभएको बताए ।
कार्यलयसंग बिद्यालयको बिद्यालय ब्यबस्थापन समिति र प्रधानाध्यपकले सम्झौता गरेको भन्दै बिधालयको खातामानै रकम पठाइने हुँदा यस बारेमा आफूहरुलाई थाहा नभएको उनले दाबी गरे । यदि कुनै बिधालयका भबनहरु निर्माणमा ठेक्का भएका रहेछन् भने आफूले छानविन गर्ने उनको दाबी छ ।

नियम बिपरीत गर्ने अधिकार कसैलाई छैन: प्रबक्ता

यता राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रबक्ता गोपालप्रसाद अर्यालले नियम बिपरीत कार्य गर्ने अधिकार कसैलाई नभएको जानकारी दिए । बिद्यालय ब्यबस्थापन समितिले निर्माण गर्ने भनी सम्झौता गरे अनुसार, बिधालय ब्यबस्थापन समितिले नै भबन निर्माण गर्नुपर्ने भएकाले यदि कसैले ठेक्कामा भबन निर्माण गरेको भए कानुन अनुसारको कारवाही गरेरै छाड्ने उनले दाबी गरे ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D