gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा माधव नेपाललाई झाँक्रीको मात्रै साथ

बुटवल, भदौ १५ । कुनै बेला माधव नेपाल पक्षको पकड मानिने गुल्मीमा अहिले नवगठित एकीकृत समाजवादी पार्टी ‘नील’ जस्तै बनेको छ । गोकर्ण विष्टले साथ छाडेपछि गुल्मीमा एकीकृत समाजवादी पार्टी ‘नील’ जस्तै बनेको हो ।

नयाँ पार्टी दर्ता गरेपछि धेरैले विष्ट नेपालको पार्टीमा जाने अनुमान लगाएका थिए। गएको स्थानीय निर्वाचनमा जिल्लामा पकड जमाएको थियो नेपाल पक्षले। तर विष्ट नेकपा एमालेको मूल धारमै रहेपछि अरू नेता कार्यकर्ताले पनि गोकर्णकै बाटो पछ्याएका छन् ।

१२ स्थानीय तह मध्ये ७ वटामा नेपाल पक्ष विजयी भएको थियो। स्थानीय तहको निर्वाचनमा ओली समूह पक्षधर छत्रकोट गाउँपालिका बाहेक अन्य ७ वटा स्थानीय तहमा नेपाल पक्षका नेता निर्वाचित भएका थिए ।

एमाले जिल्ला अध्यक्ष समेत रहेका छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्त मात्र ओली पक्षमा थिए। अहिले ७ मध्ये कुनै पनि जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा लागेका छैनन् ।

जिल्ला स्तरबाटै एमाले नछाड्न दबाब दिएका स्थानीय नेता कार्यकर्ताहरूले सूर्य चिन्ह छाड्दा पार्टी बलियो नहुने भएपछि पार्टी भित्रै अन्तरसंघर्ष गर्ने तर नयाँ पार्टीमा नजान विष्टलाई सुझाव दिएका थिए। विष्ट मूल धारमै रहेपछि अहिले जनप्रतिनिधिहरू पार्टी अझ बढी बलियो भएर जाने प्रतिक्रिया दिन थालेका छन् ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले दुई वटै निर्वाचन क्षेत्रका सांसदहरू एक मत भएकाले जिल्लामा एमाले थप सशक्त भएको दाबी गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विमति राख्दै नेपाल पक्षले केही महिना अघि देशैभरि समानान्तर कमिटी समेत गठन गरेको थियो । गुल्मीमा नेपाल पक्षबाट मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा जिल्ला अध्यक्ष भएका थिए। तर सापकोटाले पनि अहिले नेपालको साथ छाडेका छन् । पार्टी भित्र अन्तरसंघर्ष रहे पनि पार्टी विभाजनको पक्षमा नरहेको उनले बताए।

झाँक्री नेपाल समूहमा, दिनेश एमालेमा

अन्तिम समयमा गोकर्ण विष्ट मूल धारमै रहे पनि गुल्मी क्षेत्र नं. २ कै युवा नेत्री रामकुमारी झाँक्री भने माधव नेपालको पार्टी एकीकृत समाजवादीमा लागेकी छन् । निर्वाचन आयोगमा पार्टी दर्ता देखि सनाखत सम्म अग्र पङ्क्तिमा देखिएकी झाँक्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रकी समानुपातिक सांसद हुन ।

झाँक्रीले नेपाललाई साथ दिएपछि यस अघि माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित सांसद दिनेश पन्थी एमालेमा प्रवेश गरेका छन्। चर्का भाषण गरेर चर्चामा आइरहे पनि उनको भूगोल बलियो नभएका कारण झाँक्री जिल्ला तहमा एक मात्र समाजवादी एकीकृतकी नेत्री हुने आकलन समेत एमालेले गरेको छ।

झाँक्री बाहेक निर्वाचित सबै सांसदहरू मूल धारमै रहेकाले पनि जिल्लामा समाजवादी एकीकृत लगभग शून्य जस्तै छ। गुल्मीबाट गएको निर्वाचनमा तत्कालीन एमाले–माओवादी गठबन्धनबाट लुम्बिनी प्रदेशसभामा ४ प्रत्यक्ष र १ समानुपातिक गरी ५ जनाले प्रतिनिधित्व गरेका थिए। त्यस मध्ये ३ जना एमालेको मूल धारमा छन्।

निर्वाचनको समयमा माधव नेपाल समूहमा रहेका गुल्मी क्षेत्र नं. १ (ख) बाट प्रदेशसभामा निर्वाचित कमलराज श्रेष्ठ अहिले एमालेकै मूल धारमा लागेका छन्।

त्यस्तै क्षेत्र नं २ (ख) बाट माओवादीबाट निर्वाचित भई हाल पदमुक्त भएका दिनेश पन्थी पनि एमालेमा प्रवेश गरेका छन्। त्यस्तै क्षेत्र नं. २ (क) बाट प्रदेशसभामा निर्वाचित खड्ग केसी पनि मूल धारमै छन् । उकेरा डट कमबाट साभार (बिकास पराजुली)

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D