प्रेम सुनार
गुल्मी, भदौ २४ । ३ दिन अघि गुल्मीको चन्द्रकोटमा एक युवकलाई चक्कु प्रहार गरि गम्भीर घाइते बनाउने व्यक्ति पक्राउ परेका छन् ।
चन्द्रकोट गाउँपालिका–२ भञ्ज्याङ्ग निवासी ३१ बर्षीय बिष्णु प्रसाद देवकोटालाई साउन २१ गते साँझ ९ बजे चक्कु प्रहार गर्ने स्थानीय ४६ बर्षीय दुर्गाबहादुर सुनार पक्राउ परेका हुन् ।
निजलाई पक्राउ गरि ज्यान मार्ने उद्योग कसुरको मुद्धा अदालतमा दर्ता गरि म्याद थप समेत गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी माधव राज खरेलले जानकारी दिए ।
गम्भीर घाइते देवकोटाको गुल्मी अस्पतालमा उपचार हुन नसकी लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपभचारका लागि पठाईएको जनाईएको छ ।
मदिरा सेवन गरि निजले विवाद निकालेर चक्कु प्रहार गरि टाउकोमा गम्भीर घाईते बनाएको प्रहरीको भनाई छ ।