गुल्मीमा भण्डारी र ज्ञवालीबीच रोचक प्रतिस्पर्धा

गुल्मी, मंसिर ५ – प्रदेशसभा र प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा गुल्मीको चुनावी रौनक तातेको छ । चुनावी नतिजालाई लिएर जिल्लामा विभिन्न अनुमान लगाउन थालिएको छ । गुल्मीमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ वटा निर्वाचन क्षत्र रहेको छ ।
गुल्मी क्षेत्र नम्बर १ मा दुई केन्द्रीय नेताको प्रतिस्पर्धा हुने भएको छ । एमाले माओवादी गठबन्धनबाट प्रदिप ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारीबीचको प्रतिसस्पर्धा रोचक हुने भएको छ ।
पार्टीभित्र र बाहिर दुबै नेताको नाम चर्चामा रहेको छ । ज्ञवाली लगातार गुल्मी क्षेत्र नम्बर २ बाट २ पटक निर्वाचित भएका थिए भने १ पटक मन्त्रीसमेत बनेका छन् । भण्डारी गुल्मी क्षेत्र नम्बर २ बाट १ पटक निर्वाचित भएका छन् ।
एमाले नेता ज्ञवाली ०५६ साल र ०६४ सालमा सम्पन्न चुनावमा निर्वाचित हुनुभएको थियो । कांग्रेस नेता भण्डारी ०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको चुनावमा निर्वाचित हुनुभएको थियो । भण्डारीले २० वर्षदेखि एमालेले जित्दै आएको क्षेत्रमा जित हात पार्नुभएको थियो ।
१० वर्षदेखि ज्ञवाली र भण्डारीको प्रतिस्पर्धा
एमाले नेता प्रदीप ज्ञवाली र कांग्रेस नेता चन्द्र भण्डारीबीच १० वर्षअघि देखि नै निरन्तर प्रतिस्पर्धामा भैरहेको छ । ०६४ सालमा सम्पन्न पहिलो संविधान सभा चुनावमा एमालेबाट ज्ञवाली र कांग्रेसबाट भण्डारी चुनावी मैदानमा थिए । त्यस चुनावमा भण्डारी पराजित हुनुभएको थियो । गुल्मीका ३ वटा निर्वाचन क्षेत्रमध्ये एउटा एमाले र दुइटामा माओवादी उम्मेदवार विजयी भएका थिए ।
०७० सालमा सम्पन्न दोस्रो संविधान सभा चुनावमा पनि पुनः ज्ञवाली र भण्डारीबीच प्रतिस्पर्धा भएको थियो । दोस्रो संविधान सभाको चुनावमा भने भण्डारीले ज्ञवालीसँग ०६४ सालको हारको बदला लिनुभएको थियो । राज्य पुनर्संरचनापछि पहिलो पटक हुन लागेको प्रतिनिधिसभाको चुनावमा फेरि एकपटक ज्ञवाली र भण्डारीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गत असारमा सम्पन्न स्थानीय तहको चुनावमा क्षेत्र नम्बर १ मा रहेका ६ स्थानीय तहमध्ये ४ वटामा कांग्रेस र २ स्थानीय तहको प्रमुख पदमा एमालेले जित हात पारेको थियो ।
दुबै नेताको प्रशंसा र आलोचना
एमालेबाट उम्मेदवार बनेका नेता ज्ञवालीलाई अन्य पार्टीबाट विकासका क्षेत्रमा चासो नदिने नेताका रुपमा हेर्ने गर्दछन् । उनीहरुले ज्ञवालीलाई पार्टी र केन्द्रमा मात्रै ध्यान दिने तर स्थानीय स्तरमा खासै चासो नदिने आरोप लगाउँदै आएका छन् । आफूले जिल्लाको लागि निकै महत्वपूर्ण गौरवका योजनाहरु अगाडि बढाए पनि प्रचारमा नलाग्ने कारणले पनि आफ्ना योजनाहरु छाँयामा परेको ज्ञवालीको तर्क छ ।
कांग्रेसबाट उम्मेदवार बनेका भण्डारीलाई पनि जिल्लाका लागि काम गरे पनि गरेकोभन्दा बढी प्रचार गर्ने गरेको आराप लाग्दै आएको छ । भण्डारीले समग्र जिल्लाको गौरवको काम भन्दा पनि आफ्ना मतदाता व्यक्ति विशेषका काम बढी गर्ने गरेको विपक्षीको आरोप छ ।
ज्ञवालीको ‘समृद्ध गुल्मी, सम्पन्न गुल्मी’ मुख्य एजेण्डा
ज्ञवालीले यस पटकको चुनावमा ‘समृद्ध गुल्मी, सम्पन्न गुल्मी’ निर्माण अभियानलाई अगाडि सार्नुभएको छ । देशमा अब राजनीतिक अस्थिरता हटेकाले देशको विकासमा केन्द्रित हुने समय आएको ज्ञवालीको भनाई रहेको छ । संनिधान निमार्णसँगै त्यसको कार्यावन्यनको चरणमा रहेकाले अबको यात्रा आर्थिक समृद्धिसहितको नयाँ नेपाल भएको ज्ञवालीको मत छ ।
उहाँले गुल्मीलाई समृद्ध र सम्पन्न बनाउन एमालेलाई मत दिनु पर्ने चुनावी एजेण्डा अगाडि सारेको बताउनुभयो । जिल्लालाई भौतिक पूर्वाधारसहित कालीगण्डकी करिडोर, रेसुङ्गा विमानस्थल,रिडी–तम्घास सडक स्ता पूर्वाधारको विकासमा आफूले विशेष प्राथमिता दिएका कारण पनि एमालेलाई भोट दिने आधार रहेको ज्ञवालीले जिकिर गर्नुभयो ।
भण्डारीको योजना : ५ वर्षभित्र ‘नमुना गुल्मी’
नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले यस पटको चुनावमा ‘नमुना गुल्मी’ को योजना अगाडि सार्नुभएको छ । जिल्लामा अबको ५ वर्ष भित्र आधारभूत पूर्वाधार निर्माण भैसक्ने भण्डारीले बताउनुभएको छ ।
आफूले सुरु गरेका महत्वाकांक्षी योजना आफूले पूरा गरेरै छाड्ने भण्डारीको योजना रहेको छ । तम्घास–बुटवल सडकलाई स्तरोन्नती गर्ने, सिद्धबाबाको पहिरो छल्नलाई तम्घास–सालझण्डी–बुटवल मार्गलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्ने योजना भण्डारीको रहेको छ ।-उज्यालो अन्लाईनबाट

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D