gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा बुहारीद्धारा ससुरालाई छुरा प्रहार

प्रेम सुनार
गुल्मी, भाद्र २८ । गएराती गुल्मीको आँपचौरमा बुहारीले ससुरालाई छुरा प्रहार गरेर सख्त घाईते बनाएकी छन् । मुसिकोट नगरपालिका वडा नम्वर ५ आँपचौरको खर्वाङ भन्ने गाउँकी ४० वर्षिया गोमा परियारले ५८ वर्षिय ससुरा तुलबहादुर परियारको टाउकोमा छुरा प्रहार गरेकी हुन् ।

मजुवा ईलाका प्रहरी कार्यालयका असई रमैया यादवका अनुसार घाईते ससुराको टाउकोमा डेढ ईन्च गहिराईको चोट लागेको छ । हिजो राती नै उनलाई मजुवाको रुद्रवती अस्पतालमा उपचारको लागि ल्याईएको थियो । हिजो साँझ तुलबहादुरले नातीलाई हप्काउँदै एक दुई थप्पड पनि लगाएको रिसले बुहारीले एक्कासी ससुरालाई टाउकोमा छुरा प्रहार गरेको असई यादवले जानकारी दिए ।

अहिले विहान छलफल चलिरहेको उनले बताए । उनको छोरा युद्धविर पनि घरमै थिए । उनिहरु छुट्टिएर अलग अलग बस्दै आईरहेका छन् ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D