हुमाकान्त पोखरेल
गुल्मी, ३० असोज । आफ्नै १३ बर्षिय छोरीलाई जबरजस्तिकरणी गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीका ४१ बर्षिया बाबु पक्राउ परेका हुन् ।
उनले असोज २९ गते साँझ मालिका गाउँपालिका ६ अर्जैमा छोरीलाई जबरजस्तिकरणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिहं खड्काले जानकारी दिए । पीडितकी आमाले प्रहरीमा जाहेरी दिएकी छन् ।
पक्राउ परेका बाबुलाई गुल्मी अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बाबु वैदेशिक रोजगारीबाट आएको र मदिरा सेवन गरेको झोँकमा छोरीलाई जबरजस्तिकरणी गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले जानकारी दिए ।