gulminews logo
शुक्रबार, २०८१ जेष्ठ ४

गुल्मीमा बालिकालाई जब्बरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

गुल्मी, ३० माघ । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गुल्मीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गुल्मीकोे मदाने गाउँपालिका–४ म्यालपोखरी बिरौटाकी अन्दाजी १४ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मालिका गाउँपालिका–४ अर्खाबाङका २९ वर्षका रमेश भन्ने जगतबहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।

रानाले माघ २६ गते बेलुकी करिब ४ बजेतिर आफनो कोठामा लागि ललाई–फकाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । रानाले जबरजस्ती करणी गरेको भन्ने माघ २९ गते इलाका प्रहरी कार्यलय पुर्कोटदह गुल्मीमा जानकारी गराएका थिए ।

जानकारी पाउन साथ प्रहरी नायव निरीक्षक दिपेश राईको कमाण्डमा प्रहरी टोलीले जगतबहादुर रानालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरीले जनाएको छ । रानालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तम्घासमा ल्याई थप अनुसन्धान कार्य भइरहेको नायव उपरीक्षक (डीएसपी) पाण्डेले बताए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D