gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा बाम गठबन्धनको ‘क्लिन स्विप’

प्रेम सुनार
गुल्मी, मंसिर–१४ । गुल्मी क्षेत्र नं. १ र २ दुवै प्रतिनिधी सभामा वामगठबन्धनका साझा उमेदवार भारी मतले विजयी भएका छन् । क्षेत्र नम्वर १ मा नेकपा एमालेका सचिवद्धयः प्रदिप ज्ञवाली र क्षेत्र नम्वर २ मा गोकर्णराज विष्ट भारी मतान्तरले विजयी भएका छन् । ज्ञवाली ३७ हजार ८ सय १७ मत ल्याई विजयी भएका छन् । उनले कांग्रेस उमेदवार चन्द्र भण्डारीलाई ७ हजार ५ सय ५८ मतले पछाडी पारेका छन् । भण्डारीले ३० हजार ३ सय ५६ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र नम्वर २ मा गोकर्ण विष्ट १४ हजार भन्दा बढि मतको अग्रता लिएर विजयी भएका छन् । विष्टले ३४ हजार ९ सय १८ मत ल्याएर विजयी भएका छन भने प्रतिनिधि सभा र प्रदेश सभाका २ वटै प्रदेश सभामा पनि बाम गठबन्धनले जित हार पारेको छ ।

प्रदेश सभा क्षेत्र नम्बर १ को प्रदेश नम्वर ‘क’ मा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुर्दश बराल १७ हजार ९ सय १० मत लिई विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका पृथबहादुर फौदारले १३ हजार प्रदेश ‘ख’ मा पनि वामगठबन्धन कै एमाले नेता कमलराज श्रेष्ठले १९ हजार ५ सय ९१ मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका धनेन्द्र कार्कीले १६ हजार ३ सय ७६ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्वर २ को प्रदेश १ मा पनि वामगठबन्धन कै एमाले नेता खड्ग केसीले १६ हजा १ सय ६५ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका शालिक पन्थीले ११ हजार ६ सय ७३ मत ल्याएका थिए । प्रदेश २ मा पनि वामगठबन्धनका माओवादी केन्द्रका नेता दिनेश पन्थी विजयी भएका छन् । सय ९९ मत प्राप्त गरेर पराजित भएका छन् र २ नम्बर क्षेत्रमा कमराज श्रेष्ठ निर्वाचित भएका छन् ।

०५१ पछी बामपन्थीमय
०५१ सालमा एमालेले साबिकका ३ वटा निर्वाचन क्षेत्रमा एमाले जित हात पारेको थियो । तिनवटै निर्वाचन क्षेत्रमा एमाले जित हात पारेपछी जिल्ला एमालले लाल किल्ला बनाएको थियो ।
०५६ सालमा सम्पन्न निर्वाचनमा भने एमालले २ वटा निर्वाचन क्षेत्रमा जित हार पारेको थियो । उक्त निर्वाचनमा १ क्षेत्रमा काँग्रेसले जित हातपारेको थियो । ०६४ सालमा सम्पन्न निर्वाचनमा ३ वट निर्वाचनमा क्षेत्रमा २ निर्वाचन क्षेत्रमा माओवादी र १ निर्वाचन क्षेत्रमा एमाले जित हातपारेको थियो ।
०७० सालमा सम्पन्न निर्वाचनमा ३ निर्वाचन क्षेत्रमा २ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र १ निर्वाचन क्षेत्रमा एमाले निर्वाचित भएका थिए ।

बिष्ट र ज्ञवालीको ३ पटक निर्वाचित यात्रा
गुल्मीबाट निर्वाचित भएका एमाले सचिव प्रदिप ज्ञवाली र गोकर्ण बिष्टको जिल्लाबाट ३ पटक निर्वाचित जनप्रतिधी बनेका छन् । ज्ञवाली ०५६ साल ०६४ सालमा सम्पन्न निर्वाचनमा गुल्मी २ बाट निर्वाचित भएका थिए ।
बिष्ट ०५६ साल ०७० सालमा सम्पन्न निर्वाचनमा गुल्मी ३ बाट निर्वाचित भएका थिए । ज्ञवाली र बिष्टको गुल्मीबाट निर्वाचित हुने अबसर तेश्रो यात्रा बनेको छ । ज्ञवाली र बिष्ट एक पटक मन्त्री समेत बनेका छन् ।

श्रेष्ठ र बरालको दोश्रो यात्रा गुल्मी
प्रदेश सभामा निर्वाचित एमालेका कमलराज श्रेष्ठको जनप्रतिनिधी बन्ने दोश्रो यात्रा बनेको छ । श्रेष्ठ ०५१ सालमा सम्पन्न निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका थिए ।  त्यस्तै प्रदेश सभामा निर्वाचित माओवादीका सुर्दशन बरालको पनि गुल्मीबाट दोश्रो यात्रा बनेको छ । बराल ०६४ सालमा सम्पन्न पहिलो संबिधा सभा निर्वाचनमा गुल्मी १ बाट निर्वाचित भएका थिए । तस्वीरः आज विहान प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने र अर्का निर्वाचन अधिकृत कमलप्रसाद गौतमबाट प्रमाण पत्र ग्रहण कार्यक्रम पछि सामुहिक तस्वीर खिचाउँदै विजयी सांसदहरु

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D