gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा बदला लिन झुटो वलात्कार मुद्धा दिएर फसाईयो, हिरासत पुगेका जीवनलाई अदालतले दियो सफाई

प्रेम सुनार
गुल्मी, साउन ३ । कतिपय महिलाको अस्मीतालाई हतियारका रुपमा प्रयोग गर्ने गरेको गुल्मीको एक घटनाले देखाएको छ । विभिन्न रिसईवी र्साँँधेर बदलाको भावनाले निर्दोषलाई समेत बलात्कार जस्तो डर लाग्दो मुद्धामा फसाउने गरेको केहि महिना अघि जिल्ला अदालत गुल्मीमा दर्ता भएको एक वलात्कार मुद्धाले देखाएको हो ।

मुसिकोट नगरपालिका वडा नम्वर–४ भुवाचिदीका ३५ वर्षिय किशान भन्ने ३५ वर्षिय जीवन रायमाझीले आफुलाई उनै पसलको गोदाममा लगेर बलात्कार गरेको स्थानिय एक महिलाले अदालतमा मुद्धा दिएकी थिईन् ।

गत बैशाख २२ गते विहान गरियो भनिएको वलात्कार मुद्धा त्यसको झण्डै एक महिना पछि जेठ २ गते एक महिलाले अदालतमा मुद्धा दायर गरेकी थिईन । जुन मुद्धा झुठो ठहर गरी अदालतले रामयझीलाई सफाई दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ति महिलाले बोलेको कुरा हावादारी पाईएको त्यस प्रहरी कार्यालय मुद्धाफाँटका असई सत्यनारायण यादवले बताए । रायमाझीलाई लगाईएको आरोप स्वतन्त्र पुष्टि हुन सकेन ।

“ति महिलाको स्वाथ्य परिक्षण र पोलिग्राफ गर्दा समेत पुष्टि हुन सकेन”, अदालत श्रोतले भन्यो । ति महिला बोलेका कुरा झुटा र असत्य सावित भएको समेत फैसलामा उल्लेख छ । रायमाझी आफु माथी सरासर झुटो आरोप लगाईएको भन्दै हिरासत भित्रै पटक पटक डाँको छाड्ने गर्दथे ।

यस्तो झुटो आरोपमा यदि मलाई फसाईयो भने भोलीको दिन हजारौं मजस्ता पुरुष फस्ने छन भन्ने गर्दथे । रायमाझीकी आमाले भनिन् जव विदेश जान ति महिलाका छिमेकीले हामीसंग ऋण लिएका थिए । मैले छोरालाई त्यो पैसा उठाउन लगाएँ । प्रहरीमा गएर तमसुक बनाईयो ।

उनकी श्रीमतीले भन्ने गर्थिन आज मेरो श्रीमानलाई जसरी फसाउन खोजिदै छ भोलीका दिनमा ति जस्ता महिलाले हजारौं पुरुष फसाउने छन्, ख्याल गरौं हामी केहि महिलाको अस्मीता पुरुष फसउने हतियार बनाईदै छ । वलात्कार आरोप लगाउने ति महिला विपन्न परिवारकी भएकोले पाल्पा छँदा सहयोग संकलन गर्ने गर्थिन । यता गुल्मी विवाह गरी आए पछि पनि सार्वजानिक स्थानमा समेत सहयोग संकलन गर्दै आएकी थिईन । पाल्पाको एक अस्पतालमा उपचारका क्रममा श्रीमान भागेर हिँडेपछि उनि त्यस अस्पतालमा अलपत्र परेकी थिईन । त्यसै अस्पतालमा छोरीको उपचार गर्न गएका गुल्मी बडागाउँका एक राना थरका पुरुषले उनलाई विवाह गरेर ल्याएको ६ महिना नपुग्दै वलात्कार जस्तो डर लाग्दो आरोप लगाउन पुगेकी थिईन् ।

पाल्पाकै उनि जस्तै विपन्न अर्की महिलाले पनि समाजमा नाम चलेका विभिन्न मानिसहरुलाई बलात्कार गरेको आरोप लगाउँदै हिड्ने गरेको उजुरी परेपछि गत वर्ष प्रहरीले समातेर थुनेको थियो । स्थानियले वदला लिन उनलाई केहि रकम दिएर प्रयोग गरेको रायमाझी पक्षधरले बताउँदै आएका छन ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D