gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा प्रश्नपत्रमा नै उत्तर भेटिएपछि……

गुल्मी, असौज ११ । प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । शुक्रबार शिक्षक सेवा आयोगले लिएकाे माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो ।

रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर स्पष्ट देखिने गरी गाढा अक्षरमा आएपछि परीक्षा स्थगन गरी पुनःपरीक्षा गराइएको केन्द्राध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।

प्रश्नपत्रमा समावेश हुने सबै ४० वटै प्रश्नको उत्तर प्रश्नपत्रमा नै छापिएको थियो । केन्द्राध्यक्ष थापाले आयोगले जाँच गर्दा आवश्यक पर्ने उत्तरकुञ्जिका आएपछि आयोगकै अनुमतिमा पुनःपरीक्षा गराइएको बताए ।

नेपालभरका ७७ जिल्लाका ५५ केन्द्रमा यही समस्या आएको उहाँले जानकारी दिए । सोही केन्द्रमा परेका अन्य प्रश्नपत्र ठीक भएकाले तोकिएकै समयमा नै परीक्षा सञ्चालन भएको छ । शिक्षक सेवा आयोगले गत असोज ९ गतेदेखि ११ गतेसम्म प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको परीक्षा लिइरहेको छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D