gulminews logo
मंगलवार, २०८१ बैशाख ४

गुल्मीमा प्रदीप र गोकर्णसँग कांग्रेसका दुई चन्द्र भिड्दै, कस्तो छ गणित ?

काठमाडौं, १५ कात्तिक । बाम गठबन्धनका मतदाता धेरै रहेको गुल्मी जिल्लामा अघिल्ला निर्वाचनहरूमा जस्तै यस पटकको निर्वाचनमा पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गुल्मीको निर्वाचनमा केन्द्रीय स्तरका नेताहरु रहेकाले प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

१२ वटा स्थानीय तह रहेको गुल्मीमा स्थानीय निर्वाचनको मतलाई हेर्दा एमाले बलियो देखिन्छ । कांग्रेस दोस्रो शक्ति हो भने माओवादी तेस्रो शक्ति हो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमाले र माओवादीको गठबन्धन रहेकाले बाम गठबन्धन तुलनात्मक रुपमा बलियो र सुरक्षित देखिन्छ ।

प्रतिनिधि सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा एक नम्बर निर्वाचन क्षेत्रमा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र एमालेका सचिव प्रदीप ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् । पहिलो संविधानसभा निर्वाचनमा ज्ञवाली र दोस्रो संविधानसभा निर्वाचनमा भण्डारी विजयी भएका थिए ।

क्षेत्र नम्बर दुईमा एमालेका सचिव गोकर्ण विष्ट र कांग्रेस गुल्मीका पूर्व सभापति चन्द्र केसी प्रतिस्पर्धामा उत्रिँदै छन् । विष्ट गत संविधानसभा चुनावमा विजयी भएका थिए । केसी पूर्व जिविस सभापति हुन् ।

क्षेत्र नम्बर एक साविकको क्षेत्र नम्बर एक र क्षेत्र नम्बर दुईको आधा भाग मिलाएर बनाइएको हो । हाल क्षेत्र नम्बर एकमा सत्यवती, कालिगण्डकी, चन्द्रकोट, छत्रकोट, गुल्मी दरवार, रुरु गाउँपालिका र रेसुंगा नगरपालिकाको आधा भाग रहेको छ ।

क्षेत्र नम्बर एकमा रुरु बाहेकका सबै गाउँपालिकामा कांग्रेसले गाउँपालिका अध्यक्ष जितेको थियो । रुरु गाउँपालिकामा भने एमालेले जितेको थियो । रेसुंगा नगरपालिकाका ८ वटा वडामा कांग्रेस र गठबन्धन बराबर जस्तै छन् ।

३ वटा निर्वाचन क्षेत्र हुँदा २०७० सालको चुनावमा कांग्रेसले झिनो मतले क्षेत्र नम्बर एकको निर्वाचन जितेको थियो । दुई नम्बरको चुनाव पनि कांग्रेसले जितेको थियो । अहिले क्षेत्र नम्बर एक पुरै र दुई नम्बरको आधा मिलाएर क्षेत्र नम्बर एक बनाइएको छ । मतको ग्राफ पनि अहिले फेरिएको छ । चार वटा गाउँपालिका जितेको भएपनि गठबन्धनले गर्दा कांग्रेसलाई गाह्रो परेको बुझिन्छ ।

प्रतिनिधिसभा तर्फ कांग्रेसका भण्डारी र गठबन्धनका ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् । यी दुई केन्द्रीय नेताबीच क्षेत्र नम्बर दुईमा कडा प्रतिस्पर्धा हुने छ । दुवै नेता प्रदेश नम्बर ५ अखण्ड राख्ने आन्दोलनमा संगै थिए ।

प्रदेश सभातर्फ क्षेत्र नम्बर एकको क मा गठबन्धनका सुदर्शन बलाल र कांग्रेसका पृथ्वी फौदार चुनाव लड्दैछन् । गठबन्धनका बलाल २०६४ सालमा क्षेत्र नम्बर एकबाट चुनाव जितेका नेता हुन् ।

प्रदेश सभा निर्वाचनको ख क्षेत्रमा गठबन्धनबाट कमल श्रेष्ठ मैदानमा छन् भने कांग्रेसबाट धनेन्द्र कार्कीले टिकट पाएका छन् । श्रेष्ठले गुल्मी २ बाट २०५१ सालमा प्रतिनिधि सभा चुनाव जितेका थिए ।

क्षेत्र नम्बर दुई साविबको क्षेत्र नम्बर तीन र क्षेत्र नम्बर दुईको आधा भाग मिलाएर बनाइएको छ । प्रतिनिधिसभा तर्फ एमाले सचिव गोकर्ण विष्ट गठबन्धनबाट र कांग्रेसका पूर्व सभापति चन्द्र केसी कांग्रेसबाट प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर दुईमा एमाले एक्लै पनि बलियो शक्ति भएकोले विष्ट तुलनात्मक रुपमा बलिया छन् । क्षेत्र नम्बर दुईका मदाने, इस्मा, मालिका गाउँपालिका र मुसिकोट नगरपालिकामा एमालेले अध्यक्ष जितेको छ । धुर्कोटमा कांग्रेसको सहयोगमा माओवादीले गाउँपालिका अध्यक्ष जितेको छ ।

क्षेत्र नम्बर दुईमा रेसुंगा नगरपालिकाका ६ वटा वडा पर्ने भएपनि रेसुंगा नगरपालिकामा समेत स्थानीय निर्वाचनमा एमालेले नै जितेको थियो । स्थानीय चुनावको मत हेर्दा दुई नम्बर क्षेत्रमा एमाले बलियो देखिन्छ ।
क्षेत्र नम्बर दुईको कमा प्रदेश सभामा कांग्रेसका तर्फबाट शालिक पन्थीले टिकट पाएका छन् । एमालेबाट खड्ग केसी चुनाव लड्दै छन् । ख मा कांग्रेसबाट छन्द पहराईले टिकट पाएका छन् भने गठबन्धनबाट दिनेश पन्थीले टिकट पाएका छन् ।

कसको मत कति ?

स्थानीय निर्वाचनको मतमा पनि वडाअध्यक्षले पाएको मतलाई विश्लेषण गर्दा क्षेत्र नम्बर दुईको क निर्वाचन क्षेत्रमा एमालेले १४ हजार मत ल्याएको छ भने कांग्रेसले १२ हजार मत ल्याएको छ । माओवादीले कुल ९ सय मत ल्याएको छ । क निर्वाचन क्षेत्रमा बाम गठबन्धनको भोट झण्डै तीन हजारले बढी देखिन्छ ।

क्षेत्र नम्बर दुईको ख निर्वाचन क्षेत्रमा एमालेले १३ हजार मत ल्याएको छ भने कांग्रेसले १० हजार मत ल्याएको छ । माओवादीले ३४ सय मत ल्याएको छ । यो मतलाई विश्लेषण गर्दा क्षेत्र नम्बर दुईमा एमालेका विष्ट कांग्रेसका केसी भन्दा झण्डै साढे ९ हजार भोटले अगाडि देखिन्छन् । यद्यपी, हरेक निर्वाचनमा मत संख्या तल माथि भइरहन्छ ।

क्षेत्र नम्बर एकको क निर्वाचन क्षेत्रमा साढे १४ हजार एमालेकाे छ । कांग्रेसको १२ हजार भोट छ भने माओवादीको ३९ सय छ । यहाँ कांग्रेसको भोट झण्डै ६५ सय कम देखिन्छ ।

क्षेत्र नम्बर एकको ख निर्वाचन क्षेत्रमा चाहिँ कांग्रेसको भोट १४ हजार देखिन्छ । एमालेको भोट १७ हजार देखिन्छ भने माओवादीको ३ हजार देखिन्छ । प्रतिनिधि सभामा कांग्रेस झण्डै साढे १२ हजार भोटले तल देखिन्छ । -लोकान्तर डट कमबाट

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D