gulminews logo
आईतवार, २०८१ बैशाख ३०

गुल्मीमा पेन्सन निस्केका कर्मचारी पनि समायोजनमा, पत्र पाउँदा आफै छक्क परे

गुल्मी, भदौ २६ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुल्मीमा सेवा निवृत्त भएका एक कर्मचारीलाई संघीय निजामति सेवामा समायोजन गरेको छ ।

उमेर हदका कारण अनिवार्य सेवा निवृत्त भएका तत्कालीन जिल्ला वन कार्यालयका वन रक्षक चन्द्र बहादुर बस्नेतलाई सामान्य प्रशासन मन्त्रालयले संघमा समायोजन गरिएको पत्र पठाएको उज्यालो अन्लाईनले खबर प्रकाशित गरेको छ ।

गुल्मीको रेसुंगा नगरपालिका-१०, सिमीचौर घर भएर डिभिजन वन कार्यालय गुल्मीमा कार्यरत बस्नेत गएकाे वैशाख १ गते उमेर हदका कारण सेवा निवृत्त हुनु भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

वन तथा वातावरण मन्त्रालयमा बसेकाे जेठ १४ गतेको सचिवस्तरको बैठककाे निर्णय अनुसार बस्नेतलाई निजामती सेवाको पदमा संघमा समायोजन गरिएको पत्र पठाइएको छ । सेवा निवृत्त भएको आफूलाई बधा‍इ दिँदै संघमा समायोजन गरिएको पत्र आएपछि आफू छक्क परेकाे बस्नेत बताउनुुहुन्छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D