गुल्मीमा नेकपा प्रचण्ड-नेपाल पक्षको अध्यक्षमा सापकोटा

हुमाकान्त पोखरेल
गुल्मी, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्ष गुल्मीको अध्यक्षमा सोमनाथ सापकोटा चयन भएका छन् ।

नेकपा प्रचण्ड–नेपाल पक्ष जिल्ला कमिटी गुल्मी र नेकपा लुम्बिनी प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले सापकोटाको नाम अनुमोदन गरेको हो । सापकोटा हाल मुसिकोट नगरपालिकाका मेयर समेत छन् । प्रधानमन्त्री केपि ओलीको प्रतिगमनविरुद्ध अडिकताका साथ लागेको र नागरिकको पक्षमा दरिलो आवाज उठाउन सक्ने भएकोले सापकोटालाई पार्टीको अध्यक्षमा चयन गरिएको नेता बुद्धि जिसीले जानकारी दिए ।

केन्द्रमा राजनीतिक विवाद उत्कर्षमा पुगेसँगै नेकपाका दुवै पक्षले जिल्ला–जिल्लामा आ–आफ्नो पक्षमा जिल्ला पदाधिकारी चयन गर्ने अभियान अन्तरगत सापकोटा अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष सापकोटाले प्रधानमन्त्रीको प्रतिगामी कदमबिरुद्ध अब जिल्लामा शसक्त रुपमा लाग्ने, सबै जनबर्गिय संगठन परिचालन गर्ने लगायतका काम गर्ने प्रतिक्रिया दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D