गुल्मीमा नागरिकताभन्दा राहादानी लिने धेरै, अपराधका घटनामा बृद्दी

हुमाकान्त पोखरेल
गुल्मी, २१ असौज । जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक बर्ष २०७५÷७६ को पछिल्लो दुई महिनामा ९१४ नागरिकता वितरण गरेको छ । जसमध्ये वशंज ९१२ र वैवाहिक अंगिकृत दुईवटा वितरण गरिएको छ । तीमध्ये पनि वंशजतर्फका ३४६ र वैवाहिक अंगिकृत तर्फका दुईवटा नागरिकता भदौ र वंशजतर्फकै ५६६ नागरिकता साउनमा वितरण गरिएको छ । भने जिल्लाबाट यो आर्थिक बर्षमा कसैलाई पनि अंगिकृत नागरिकता प्रदान गरिएको छैन ।

प्रशासन कार्यालयबाट प्रतिलिपी नागरिकता पनि वितरण गरेको छ । जसमध्ये भदौमा २०८ र साउनमा २७५ गरि कुल ४८३ वटा वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तुल्सिराम न्यौपानेले जानकारी दिए । प्रशासन कार्यालयले भदौमा १२ जना सडक बालबालिकाहरुलाई अभिवाकको जिम्मा लगाएको थियो । यसै कुरालाई मध्यनजर गर्दै भदौमा १६ र साउनमा २२ गरी कुल ३८ जना बालबालिकाहरुलाई नाबालक परिचय पत्र वितरण गरेको छ ।

राहादानी धेरै
गुल्मीमा नागरिकताभन्दा राहादानी सिफारिस लिन आउने बढी देखिएका छन् । यो आर्थिक बर्षको पछिल्ला महिनामा मात्रै ९३४ जनालाई राहादानिको लागि सिफारिस गरिएको छ । जसमध्ये भदौमा सामान्य सिफारिस २७१ र साउनमा ३४९ गरी कुल ६२० जनालाई सिफारिस गरिएको छ । त्यस्तै भदौमा १३९ र साउनमा १३१ गरी कुल २७० जनालाई दु्रतसेवाको लागि सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गुल्मीमा नाबालकले पनि राहादानी लिएका छन् । आफ्ना अभिभावकहरुसँग देशबाहिर जानको लागि नागरिकता नलिएका बालबालिकाले नाबालक राहादानी लिनुपर्ने हुन्छ । यो अर्थिक बर्षको भदौमा ५ र साउनमा ३८ गरी कुल ४४ जनाले यस्तो राहादानी लिएका छन् । प्रशासन कार्यालयबाट यो आर्थिक बर्षको दुई महिनामा कुल ७२९ जनाले राहादानी प्राप्त गरिसकेका छन् । जसमध्ये भदौमा ३२८ र साउनमा ४०१ जनाले राहादानी लिएको नायब सुब्बा न्यौपानेले जानकारी दिए ।

राहादानी सिफारिसबाट भने प्रशासन कार्यालयमा ३१ लाख ७७ हजार ५०० राजस्व पनि संकलन भएको छ । जसमध्ये भदौमा १३ लाख ९५ हजार र साउनमा १७ लाख ८२ हजार ५०० संकलन भएको छ ।

डेढ लाख बढी रकम राहातमा वितरण

प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘दैविप्रकोप पिडित उद्धार कोष’ रहने ब्यवस्था छ । कोषले बाढीपहिरो, आगलागि जस्ता प्राकृतिक प्रकोपमा परेकाहरुलाई आर्थिक सहायता दिदैँ आएको छ । यसै कोषमार्फत गुल्मीमा कुल २४ जनाले सेवा लिएका छन् । जसमध्ये भदौमा ११ जना र साउनमा १३ जनाले सेवा लिएका छन् । जसमध्ये एकजना मृतकका परिवार छन् । उनीहरुले राहातस्वरुप एकलाख रुपैँया लिइसकेका छन् । सोहि परिवारसहित जिल्लाका पिडितहरुलाई कुल एक लाख ५९ हजार ५०० प्रदान गरिएको छ । जसमध्ये भदौमा ६८ हजार र साउनमा ९१ हजार ५०० वितरण गरिएको कार्यालयका प्रमुख प्रशासकिय अधिकृत लक्षमण पाण्डेले जानकारी दिए ।


चुनौतिपूर्ण शान्ति सुरक्षा, अपराधका घटनामा बृद्धि

गुल्मीमा सार्वजनिक अपराधका घटना बढ्दै गएका छन् । आर्थिक बर्ष २०७५÷७६ को पछिल्लो दुई महिनामा मात्रै २८ जनालाई सार्वजनिक अपराधका मुद्धा दर्ता गरिएको छ । यो आर्थिक बर्षमा जिल्लामा शान्ति सुरक्षाको स्थिति पनि निकै चुनौतिपूर्ण देखिएको तथ्याङ्कले देखाएको छ ।

पछिल्ला महिनामा मात्रै जिल्लामा ११ वटा अपराधिक घटना घटेका छन् । जसमध्ये दुई अभियुक्त पक्राउ परिसेका छन् भने दुईजनालाई मुद्धा चलाइएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा आर्थिक बर्ष २०७५÷७६ को हालसम्म द्धन्द्ध प्रभावित राहात वितरण र लागु औषध सम्बन्धी कारवाहिमा कोहि परेका छैनन् । जिल्लामा दुईवटा जघन्य खालका अपराध भएका छन् । भने एउटा जबरजस्तिकरणीको घटना घटेको छ । त्यसबाहेकका साइबर, आर्थिक, सामाजिक, संगठिन, लागु औषध, चोरी निकासी सम्बन्धी भने कुनै अपराध भएका छैनन् ।

सडक दुर्घटनामा ३ को मृत्यु
गुल्मीमा आर्थिक बर्ष २०७५÷७६ को हालसम्म सडक दुर्घटनाबाट तीनजनाको मृत्यु भएको छ । भने भवितब्य ज्यानबाट एकजना, झुण्डिएर आत्महत्या गरी पाचँ, फुटकर ज्यानबाट एक र विपद्बाट एकजनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिए ।

५५७ सवारीबाट २७ हजार राजस्व संकलन
जिल्लामा ‘जिल्ला ट्राफिक प्रहरी’ले सवारी चेकजाँच गरी कारवाहि गर्ने ब्यवस्था छ । सोहि अनुरुप गुल्मीमा पनि दुर्घटना न्यूनिकरण भन्दा कारवाहि र राजस्वमा गर्व गर्ने प्रवृत्ति रहेको छ । त्यसैअनुसार मदिरा सेवन गरी सवारी चलाउने चालक कारवाहीबाट चार हजार र यात्रु वाहक बसको सीट र क्षमता भन्दा बढी यात्रु राखीको कारवाहबिाट ८ हजार ५०० संकलन गरिएको छ । भने अन्य किसिमबाट ट्राफिक नियम उल्लघंन गर्ने ५५७ सवारी साधनबाट तीन लाख २७ हजार संकलन गरिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हातहतियार समेत नविकरण
जिल्लामा विभिन्न उदेश्यले संघ सस्थाँहरु खोल्ने क्रम उल्लेख्य रुपमा बढेको पाइएको छ । भदौमा मात्रै चारवटा र साउनमा पाचँ गरी कुल नौ सस्थाँ प्रशासन कार्यालयमा दर्ता भएका छन् । यसरी दर्ता भएका संघ÷सस्थाँबाट नौ हजार राजस्व पनि संकलन भएको छ । भने कुल १५ वटा सस्थाँले सँस्था नविकरण गरेका छन् ।

नविकरण गरिएका सस्थाँहरुबाट पनि ३१ हजार १०० राजस्व संकलन भएको भएको छ । जिल्ला प्रशासन कार्यालयको अनुमतिमा ब्यक्तिहरुले हातहतियार राख्न पाउने पनि ब्यवस्था छ । तर त्यसरी राखिएका हातहतियार भने निश्चित शुल्क तिरि नविकरण गर्नुपर्ने हुन्छ । यो आर्थिक बर्षको हालसम्म कुल १५ जनाले हातहतियार नविकरण गरेका छन् । हातहतियार नविकरणबाट पनि २६ हजार राजस्व संकलन भएको प्रशासन कार्यालयले जनाएको छ ।

नागरिक सहायता कक्ष
जिल्ला प्रशासन कार्यालयले सेवा लिने क्रममा नागरिकलाई सहजता र विचौलियाको अन्यको लागि नागरिक सहायता कक्ष स्थापना गरेको छ । उक्त कक्षबाट हालसम्म ६१७ जनाले सेवा लिइसेको प्रशासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत पाण्डेले जानकारी दिए । त्यस्तै यो आर्थिक बर्षको पछिल्लो दुई महिनामा कार्यालयको सामाजिक संजाल तीन पटक र वेवसाइट पाचँ पटक अध्यावधिक गरिएको छ । भने ६७ जनालाई दलित–जनजाति, ६८ जनाको पेन्सन सम्बन्धी कागजात, आठ जनाको नाता र ६० जनाको अन्य प्रमाणित कागजातहरु सिफारिस गरेको प्रशासन कार्यालयले जनाएको छ ।

२ महिनामा १० बैठक
गुल्मीमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको पहलमा तीन विवादहरु समाधान भएका छन् । कार्यालयमा साउन र भदौमा मात्रै सर्वपक्षिय, कार्यालय प्रमुखका र शान्ति सुरक्षाका बैठक तीन÷तीन वटा तथा एउटा स्टाफ बैठक गरी कुल १० वटा बैठकहरु भएका छन् ।

२ महिनामै १३ लाख खर्च
जिल्ला प्रशासन कार्यालय गुल्मीको आर्थिक बर्ष २०७५÷७६ को कुल पूँजीगत बजेट ११ लाख ६७ हजार हो । तर त्यो हालसम्म एक रुपैँया पनि खर्च भएको छैन । तर उसको चालु बजेट भने खर्च भएको छ । कुल चालु बार्षिक बजेट एक करोेड ५२ लाख ४७ हजारमध्ये साउन र भदौमा मात्रै १३ लाख ९४ हजार ४९ रुपैँया ४७ पैसा खर्च भइसकेको छ । अब कुल एक करोड ३८ लाख ५२ हजार ९५० रुपैँया ५३ पैसा खर्च हुन बाँकि रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पोड्यालले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D