Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा धान उत्पादनमा कमी - Gulminews

गुल्मीमा धान उत्पादनमा कमी

अनिल खत्री
३ पुस, गुल्मी । गुल्मी जिल्लामा यो वर्ष धान उत्पादन कमी आएको छ । जिल्ला भर लगाइएको धानवाली कृषि ज्ञानकेन्द्र गुल्मीले दिएको तथ्याङ्ककका आधारमा जिल्लामा गत वर्ष भन्दा यो वर्ष धान उत्पादनमा कमी आएको हो ।

यसवर्ष ८ हजार ८०३ क्षेत्रफलमा लगाईएको धान वालिमा २६ हजार १५७ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । गतवर्ष भन्दा यस वर्ष ४ प्रतिशत धान उत्पादन कमी आएको छ ।

गतवर्ष कुल ८ हजार ८३६ क्षेत्रफलमा लगाईएको धान वालिमा २७ हजार ३१२ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । यसवर्ष बेमौसी वर्षातको कारणले धान ढलेकाले उत्पादनमा कमी आएको होे ।

धान क्षेती भएका कृषकहरुलाई राहत अनुदान मापदण्ड स्वीकृति भएको छ । राहत बितरणका लागि स्थानीय तहलाई जिम्मेवारी दिएको भण्डारीले बताए । धान उत्पादन गर्न कृषि ज्ञान केन्द्रले उन्नत बिउ, मूल बिउ कृषकलाई बितरण गर्ने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये झण्डै ९ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ ।

एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ । हाल जिल्लाभर रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको पाइएको छ ।

जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । भने ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D