gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा धमाधम बढे लिफ्टीङ्ग खानेपानी योजना, डाँडालाईनमा पानीको समस्या समाधान हुँदै

प्रेम सुनार
गुल्मी, पुस २५ । गुल्मी जिल्लामा पहिलोपटक सदरमुकाम तम्घासबाट सुरु भएको लिफ्टीङ्ग सिस्टम खानेपानी योजना क्रमशः अन्यत्र पनि सुरु हुँदै जाँदा तल खोलाको पानी माथी डाँडामा आउने कुरा सामान्य हुँदै गएको छ । पश्चिम नेपाल ग्रामिण तथा सरसफाई परियोजना कार्यालय गुल्मीले दिएको जानकारी अनुसार पहिलो पटक गुल्मीको ठुलोलुम्पेकमा सोलारबाट नमुना खानेपानी योजना सम्पन्न गरिएको छ ।

त्यस लगत्तै गुल्मीको विरवासमा पनि सोलारबाट लिफ्टीङ्ग सिस्टम खानेपानी योजना सम्पन्न भएको छ । त्यस परियोजनका कार्यक्रम संयोजक विनोदकुमार लोहराका अनुसार गत आर्थक वर्षमा जिल्लाभर परियोजनाले ८ वटा खानेपानी योजना सम्पन्न गरेको छ । ति मध्य ४ वटा विद्युतबाट चल्ने लिफ्टीङ्ग सिस्टम खानेपानी योजनाहरु छन् । एउटा सोलारबाट र ३ वटा ग्य्राभिटी खानेपानी योजनाहरु रहेका छन् । ति योजनाबाट ८ सय ६३ घरधुरी लाभान्वित भएको परीयोजनाले गुल्मीन्युजलाई जानकारी दिएको छ । गत वर्षका ति योजना सम्पन्न गर्न ३ करोड ९२ लाख ४७ हजार रुपैयाँ खर्च भएको थियो ।

त्यति नै लागतमा यो वर्ष सकिने योजना ६ वटा रहेका छन । यसबाट ९ हजार ९८ घरधुरीलाई पानी खुवाउने लक्ष्य लिईएको जिल्ला समन्व्य समिति गुल्मीले जनाएको छ । त्यसको वजेट गाउँपालिकाले ५० प्रतिशत नगद, उपभोक्ता समितिले २७ प्रतिशत श्रमदान १ प्रतिशत नगद राख्नुपर्ने हुन्छ ।

खानेपानीका अलवा सरसफाई तथा स्वच्छता सम्वन्धी जनचेतना र भौतिक संरचना निर्माण गरिदै आएको छ । घरघरमा र विद्यालय लगायका स्थानमा सार्वाजानिक शौचललय निर्माणलाई पनि जोड दिईको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई डिभिजन परियोजनका अलवा अन्य संस्थाहरुले पनि जिल्लामा खानेपानी योजनाहरु निर्माण गर्दै छन् । यसबाट मुहान देखि माथी डाँडालाईनमा वसोवास गर्ने जनता क्रमशः खानेपानीको समस्याबाट मुक्त हुने भएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D