Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा दुई दिनमा चार जनाले बिष खाए - Gulminews

गुल्मीमा दुई दिनमा चार जनाले बिष खाए

टोपलाल अर्याल
गुल्मी, १५ कार्तिक । गुल्मीमा आज पनि एक जना युवतिले बिष सेवन गरेकी छन् । जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँकी २२ बर्षिया सरिता घर्ति क्षेत्रीले बिष सेवन गरेकी हुन् । उनले आज दिउँसो १२ बजे घरका सासु ससुरा खेतमा गएको बेला मुसा मार्ने पाउडर खाएकी हुन् ।

अचेत जस्तै रहेकी उनलाई जिल्ला अस्पताल तम्घासमा प्राथमिक उपचारपछि पाल्पा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ‘भित्र बिष खाएर मैले बिष खाएँ, बहिनीको स्याहार गर्नु भन्दै बाहिर आउनुभयो,’भान्जि बिमला पाण्डेले भनिन,‘ सवैलाई खबर गरेर छिट्टै अस्पताल पुरायौँ ।’ उनका श्रीमान रोजगारीको शिलसिलामा ओमन रहेका छन् । घरमा एउटा बच्चा, सासु ससुरा र आमाजु दिदि रहेको पाण्डेले बताइन् । उपचारका लागि अस्पताल आएका छिमेकी जेठाजु कर्ण जिसीले परिवारमा खासै झगडा नहुने भएपनि खास कारण नखुलेको बताए ।

बुधबार पनि सदरमुकाम तम्घास नजिकैको एक बिद्यालयका तीन छात्राले बिष खाएका थिए । अहिले उनीहरु पाल्पामा उपचार गरिरहेका छन् । गुल्मीको रेसुङा नगरपालिका १० को भगवती माबीका १६ वर्षिया समिक्षा थापाले आफुले बिष सेवन गरेर साथीहरु सपना थापा र पार्वती केसिलाई पानी भनेर खुवाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले बताए ।

अब हरेक परिवारले बिषको सहि व्यावस्थापन गर्नुपर्नेमा प्रहरी उपरिक्षक बस्नेतले जोड दिए । साथै बिक्री वितरण गर्ने पसलहरुले मान्छेको पहिचान र उचित कारण सहित बिषको बिक्री वितरण गर्न आग्रह गरे ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D