गुल्मीमा झन्डै ७० प्रतिशत भन्दा बढी मत खस्यो, भोली बिहानैबाट गणना सुरु हुने

प्रेम सुनार
गुल्मी, मंसिर २१ । ५ नम्वर प्रदेशको गुल्मी जिल्लामा भएको दोश्रो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा झन्डै ७० प्रतिशत सम्म मत खसेको सरकारी अधिकारीहरुको दावी रहेको छ ।

प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले साँझ ६ वजे सम्म झन्डै ७० प्रतिशत मत खसेको आंकलन गरिएको बताए । केहि सामन्य घटना वाहेक गुल्मी जिल्लाको निर्वाचन शान्तिपुर्ण, निष्पक्ष र धाँधली रहित भएको हामीले पाएका छौ प्रमुख निर्वाचन अधिकृत न्यौपानेले भने, “साँझ ५ वजे सम्म ६० प्रतिशतमत खसेको जानकारी आएको छ, पाँच वजे भित्रमा मतदाता नामावली पेश गरी सकेका संख्यालाई हेर्दा ७० प्रतिशत सम्म मत खस्ने देखिएको छ ।”
gulmi voting result
गुल्मीमा शान्ति सुरक्षाको समग्र अवस्था हेर्दा चुस्त र कडा पारिएको पाईको छ । नेपाली सेना, शस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले हरेक मतदान केन्द्रमा प्रत्येक ५ मिनेटको अन्तरमा मतदान केन्द्र र त्यस स्थानका गाउँहरुमा पट्रोलिङ गरेको पाईयो । मतदान स्थल मध्ये केहि स्थानमा वामगठबन्धनका कार्यकर्ताहरु आक्रमण रुपमा प्रस्तुत हुन खोजे पनि सुरक्षा निकायले केहि वेरमै विवादलाई समान्य पारेको पाईएको छ ।

यस जिल्लाको पुर्कोदहको २ स्थान र हाडहाडे सहित ३ स्थानको जंगलमा वम विष्फोठनको घटना घटे पनि मतदाताहरु ति चिजको प्रभाह नगरी मतदान कार्यमा सहभागी भए ।

पत्रकारहरुको रिपोर्टिङ्गलाई आधार मान्ने हो भने गुल्मीमा रेसुङ्गा नगरपालिका वडा नम्वर ९ को उपल्लो तम्घास मावि केन्द्रको स्थल ख मा सवै भन्दा बढि मत खसेको छ । यद्यपी यसको अधिकारिक जानकारी आउन भने बाँकी छ । प्रमुख निर्वाचन अधिकृत न्यौपानेका अनुसार अहिले साँझ सवै भन्दा पहिला क्षेत्र नम्वर १ को घोर्ले मावि केन्द्रबाट मतपेटिका सदरमुकाम तम्घासमा आई पुगेको छ । आज रातभरीमा सवै तिरबाट मत पेटीका आई पुग्ने र भाृेली विहान ८ देखि साढे ८ वजे भित्रमा सर्व पक्षिय बैठक सकेर मतगणगान सुरु गरिने प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपनेले जानकारी दिए ।

मत पेटिका आज रातभरीमा आई पुग्ने नपुग्ने सम्वन्धमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल संंग जिज्ञाषा राख्दा उनले मतपेटीका सदरमुकाम ल्याउने क्रम जारी रहेको र भोली विहान सम्म सवै स्थानको आई पुग्ने आफुहरुले अनुमान गरेको बताए ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D