gulminews logo
बिहीबार, २०८१ बैशाख २०

गुल्मीमा चुनाव प्रचारको शान्त शैली, गाउँमा चुनाव आए जस्तै छैन

गुल्मी । प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार गाउँस्तरका कार्यकर्ता भेटघाटमा व्यस्त छन् । प्रचारमा जुटेका उम्मेदवारका पछि कार्यकर्ताको दौडधुप बाक्लो देखिँदैन । गीत पनि घन्किएका छैनन् । केही उम्मेदवारको प्रचार त ‘भूमिगत’ शैलीकै छ । प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश २ का माओवादी उम्मेदवार दिनेश पन्थीको त फेसबुक एकाउन्ट पनि छैन । प्रतिस्पर्धी कांग्रेसका छन्दबहादुर पहराईको फेसबुक त छ तर प्रचारमा प्रयोग गरेका छैनन् ।

चुनाव प्रसारले रौनक नल्याएको धुर्कोट–३ हाडहाडेका चन्द्र विकले बताए । ‘गाउँमा चुनाव आएजस्तै छैन,’ उनले भने । राजनीतिमा योगदान गरेका तर धेरै खर्च गर्न नसक्ने भएकाले पनि चुनावी उत्साह नदेखिएको उनले बताए । प्रदेश १ का एमाले उम्मेदवार खड्ग केसी पनि उस्तै छन् । उनका कार्यकर्ताको लावालस्कर पनि छैन । उनका प्रतिस्पर्धी कांग्रेसका शालिकराम पन्थी अलि फरक छन् । उनी भोट माग्दै काम गरिरहेका किसानको बारीसम्म पुग्छन् । फोटो फेसबुकमा राख्दै आफ्ना योजना सार्वजनिक गर्छन् ।

गुल्मी १ बाट प्रतिनिधिसभामा एमाले सचिव प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारी प्रत्येक साँझ टेलिफोनमा एक–अर्कासित दिनभरको प्रचार समीक्षा गर्छन् । क्षेत्र नम्बर २ का उम्मेदवार वाम गठबन्धनका गोकर्ण विष्ट र कांग्रेसका चन्द्र केसीले भने स्थानीय भेटघाटलाई तीव्रता दिने गरेका छन् । -कान्तिपुर दैनिकबाट

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D