सन्तोष महतारा
गुल्मी, १३ असाेज । गुल्मीमा चितुवाको छाला सहित २ जनालाई पक्राउ गरिएको छ । जिल्लाकाे छत्रकाेट गाउँपालिका ३ मा रहेको घिमिरे हाेटल एण्ड लजबाट २ जनालाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
चितुवाको छालाकाे काराेबार भइरहेको भन्ने गाेप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा होटलको कोठाबाट छत्रकाेट गाँपालिका २ भेडुवाका २७ वर्षीय सुमन खनाल र साेही ठाउँका ३१ वर्षीय हरि बहादुर सार्कीलाई चितुवाकाे छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएकाे छ ।
पक्राउ परेका २ जनालाई आवश्यक कार्बाहीको लागी सब-डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको छ ।